डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग
Friday, April 7th, 2023, 5:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा , २४ चैत
बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आउनु छन् । केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।
शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा, जिन्सी शाखा प्रमुख ऋषिराज गौतम, पश शाखा प्रमुख अशोक पाण्डे, शिक्षा शाखा प्रमुख सञ्जय कर्णलगायतका कर्मचारीले स्वागत गरेका थिए । यस अघिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलको सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग आएका हुन् ।
कार्यालयको जिम्मेवारी सम्हाल्दै गुरुङ्गले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैय कट्टिबद्ध भएर लाग्ने बताए ।
प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले लामो समयदेखि देशका विभिन्न स्थानीय तहहरुमा काम गरेको आफुलाई राम्रो अनुभव रहेकाले काम गर्न निकै सहज हुने बताए । कार्यालयमा हाजिर हुदै प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले पालिकाकासबै शाखाका कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिएका थिए ।