‘स्वागत सत्कारमा कुनै कमी हुन दिदैनौं’
Sunday, April 9th, 2023, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २६ चैत
राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा सहभागि प्रतिनिधि तथा अतिथिलाई स्वागत सत्कारमा कुनै कमी हुन नदिने आयोजकले योजना बनाएको छ ।
भोली चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने महाधिवेशनमा देशभरबाट आएका दुईहजार बढि प्रतिनिधि र अतिथिहरुलाई स्वागत सत्कार, खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन योजनावद्ध तरिकाले व्यवस्थापन मिलाईएकोे महाधिवेशन आवास तथा खाद्य व्यवस्थापन समितिका संयोजक रबिन्द्र लम्सालले बताए ।
लुम्बिनी प्रदेशको बाँके जिल्लामा पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिलाई आवास र भोजनको व्यवस्थापनलाई चुस्त बनाईएको उनको भनाई छ ।
युवा संघका पूर्व केन्द्रीय सचिव एवम् नेकपा (एमाले) बाँकेका युवा नेता लम्सालले नेपालगन्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गर्दै स्वागत सत्कारमा कुनै कञ्जुस्याई नहुने बताए ।
मौसमका प्रतिकुलताका कारण यतिबेला नेपालगन्ज गर्मी सुरु भईसकेको अवस्थामा पनि सकेसम्म वातानुकुलित तवरले महाधिवेशनका सम्पूर्ण कार्यक्रमको व्यवस्थापन भईरहेको उनको भनाई छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार जनता सहभागि हुने गरी कार्यक्रम तय भएको उनको भनाई छ ।