जानकीको बकसपुर बस्तीमा आगलागी
Monday, April 10th, 2023, 9:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ चैत
जानकी गाँउपालिका वडा नम्वर ५ बकसपुर बस्तीमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । दुईवटा घरमा समेत सामान्य क्षती भएको छ । आगलागीमा दुईवटा बाख्रा र केही कुखुरा समेत जलेका थिए । चार घर पुर्ण रुपमा क्षती हुँदा आठ घरपरिवार विस्थापित भएका छन ।
आगलगी विहान ११ बजेदेखि भएको थियो भने बेलुका ४ बजे नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागी कोहलपुर नगरपालिका बाट एउटा र नेपालगन्ज उप–महानगरपालिकाबाट दुईटा दमकल प्रयोग गरिएको थियो । आगोको खरानी बाहिर फाल्न जाँदा त्यहीबाट आगो लागेर जानकी गाउँपालिका वडा नम्वर ५ बकसपुर चमारन टोलमा आगलागी भएको वडा नम्वर ५ का वडा अध्यक्ष एवम् पालिकाका प्रवक्ता टिकानाथ यादवले जानकारी दिएका छन् ।
आगलागी नियन्त्रणमा आउनासाथ पालिकाबाट विस्थापित घरपरिवारलाई २५ किलो चामल दुई बोरी, अरहरको दाल पाँच किलो, दुई प्याकेट नुन, सनफलावर तेल पाँच लिटर, आलु दश किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्कालै राहत स्वरुप वितरण गरिएको वडाध्यक्ष यादवले बताए ।
थप प्रहरी मुचुल्काहरु भैसकेपछी गाउँपालिका र जिल्ला प्रशासनलाई पत्राचार गरि अन्य दातृ निकायसँग समेत समन्वय गरि सहयोय गर्ने यादवले बताए । आगलगी घटनाबाट पिडितहरुप्रति पालिका अध्यक्ष छब्बन खाँले सहानुभुति प्रकट गरेका छन् । पालिका अध्यक्ष छब्बन खाँले आफुले पालिकाबाट हुनसक्ने सम्पुर्ण सहयोग गर्ने बताए ।