सामाजिक उद्यमी महिलाहरुको अन्तर सहकारी समिक्षा बैठक सम्पन्न
Monday, April 10th, 2023, 10:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ चैत
हेफर प्रोजेक्ट नेपालको आयोजनामा बाँके जिल्लाका प्रारम्भिक सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुको ‘अन्तर सहकारी समिक्षा बैठक’ संचालन भएको छ । सहकारीहरुको हाल सम्मको अािर्थक, सुशासन, व्यवसायिक र सामाजिक क्षेत्रमा भएको प्रगतिको वारेमा समिक्षा गरिएको हो ।
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाट १० वटा , बैजनाथ गाउँपालिकाबाट तिनवटा , खजुरा गाउँपालिकाबाट दुईवटा, जानकी गाउँपालिकाबाट एउटा र कोहलपुर नगरपालिकाबाट एउटा गरि जम्मा १७ वटा सामाजिक उद्यमी महिला सहकारीहरुको सक्रिय सहभागिता थियो । सबै सहकारीहरुले हाल सम्मको प्रगती प्रस्तुत गरेका थिए । त्यहाँ उपस्थित १७ वटा सहकारीमा जम्मा १३ हजार सात सय ४८ जना शेयर सदस्यहरु रहेका छन ।
राप्तीसोनारी गाउँपालिकाको १० वटा सहकारीहरुमा १९ करोड २७ लाख बराबरको आर्थिक कारोवार भएको छ । बैजनाथ गाउँपालिकाको ३ वटा सहकारीमा दुई करोड १५ लाख ३१ हजार सात सय ७६ रुपैैंया बराबरको आर्थिक कारोवार भएको छ । खजुरा गाउँपालिकाका २ वटा सहकारीहरुमा दुई करोड १२ लाख चार हजार आठ सय ८० रुपैंया बराबरको आर्थिक कारोवार भएको छ । जानकीमा ७३ लाख ३३ हजार चार सय ६ रुपैंया बराबरको कारोवार भएको छ । भने, कोहलपुर नगरपालिकामा ३९ लाख ४२ हजार ६४ रुपैंया बराबरको कारोवार हुँदा १७ वटा सहकारीहरुको २४ करोड ६७ लाख १२ हजार एक सय २६ रुपैया समुदायमा परिचालन भएको छ ।
त्यसै गरि सबै सहकारीहरुमा छ करोड १५ लाख ३४ हजार नौ सय ९० रुपैया बराबरको व्यवसायिक कारोवार भएको छ । जसबाट १७ वटा सहकारीका १२ हजार तिन सय ५० प्रत्यक्ष र सात सय ५० घरपरिवारहरुले अप्रत्यक्ष रुपमा सेवा लिने गरेका छन । सहकारीहरुले आर्थिक र व्यवसायिक कारोवार मात्र नभएर सामाजिक काम पनि गरेका छन । ‘पशुबस्तुको मुल्यश्रृङखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना’ अन्तर्गत हेफर प्रोजेक्ट नेपालले उक्त सहकारीहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
सहकारीहरुको नितिनियमहरु, सप्mटवयर तालिम, सहकारीको संकलन केन्द्र, वित्तिय संस्थासंग थोक कर्जाका लागि सहजिकरण, कृषकहरुलाई ५० प्रतिसत अनुदानमा पिक अफ वोलेरो गाडी, पावर टेलर, माटो परिक्षण मेसिन सहयोगका साथै सहकारीमा पशु तथा कृर्षि उद्यममा लागेका कृषकहरुलाई भिडियोबाट प्रशिक्षण गर्नका लागि स्मार्ट टिभी पनि सहयोग गरेको छ ।
कार्यक्रम समापनमा हेफर ईन्टरनेशनल नेपाल, नेपालगन्जका कार्यक्रम प्रबन्धक प्रकाश केसीले शेयर सदस्यहरुलाई सहज, सरल र समयमा विभिन्न सेवा सुविधाहरु दिन सक्ने गरि समय सापेक्ष बनाउदै लैजानु पर्छ, भन्दै हेफर संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।