बेलभारका स्वास्थ्यकर्मी तथा स्वयंसेविका सम्मानित
Monday, April 10th, 2023, 10:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ चैत
बाँकेको जानकी गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकी बेलभारमा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आईतवार सम्मान गरिएको छ । वडा नं २ को कार्यालयले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बेलभार स्वास्थ्य चौकी, त्यहाँ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई खादा लगाएर सम्मान पत्रले सम्मानित गरेको हो ।
‘स्वास्थ्यका सम्पुर्ण कर्मचारीहरुले ईमान्दारीपुर्वक खटिएर स्वास्थ्य चौकीलाई गाउँपालिकामै उत्कृष्ट बनाउन उल्लेखनीय योगदान पुर्याउनु भएको छ । त्यसकै नतिजा स्वरुप जानकी गाउँपालिका स्वास्थ्यमा पहिला नम्वर हुन सफल भएको छ ।’– गाउँपालिका अध्यक्ष छब्बन खाँले भने ।
स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनिय रहेको बताउदै अध्यक्ष खाँले सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई बधाई दिए ।
बेलभार स्वास्थ्य चौकीलाई गाउँपालिकामै उत्कृष्ट बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य चौकीका प्रमुख गोबिन्द गौतम, स्वास्थ्यकर्मी विवेक कुमार बर्मा, बम बहादुर शाही, शर्मिला पौडेल र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले बताईन् ।