बैजनाथ ३ मा सुनुवाई
Tuesday, April 11th, 2023, 7:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ चैत
बैजनाथ गाँउपालिका ३ नम्बर वडाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरण आज भएको सुनुवाईमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा वडा भित्र चालु आर्थिक बर्षमा नपरेका तर अत्यावश्यक योजनाहरुलाई आगामी आर्थिक बर्ष प्राथमिकिकरणका साथ छनौट गर्ने तथा वडामा डुवानमा रहेका बाटो तथा सडकहरु मर्मत गर्ने प्रतिबद्धता गर्दछौं, वडा भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तरको सुधारका लागि पहल गर्ने तथा नेरा प्रावि दांगपुर्वामा अनुदान शिक्षक थप गर्न आवश्यक पहल गर्ने, उपभोक्ता समिति मार्फत निर्माणको जिम्मेवारी पाएका योजना अन्य ठेकेदारलाई लिने परिपाटि पढीरहेको र त्यसले विकास निर्माणमा ढिलाई भईरहेको पाईएकाले आगामी दिनमा उपभोक्ता समितिले नै जिम्मेवारी बहन गर्ने गरी समयमानै सम्पन्न गर्ने, वडा स्थित दुर्गा शिब मन्दिर ब्यवस्थापनका लागि अनुगमन गरि स्थानीयसँगको छलफल पछि आवश्यक पहल गर्ने र लक्षित बर्ग उत्थान कार्यक्रममा बजेट विनियोजनगर्न कार्यपालिका बैठकमा पहल गर्ने तथा स्वास्थ्य सेवा सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
बासका निर्देशक हेमराज भट्टले स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा कार्यालयले प्रवाह गर्ने सेवा तथा सुविधाका बारेमा वडा अध्यक्ष निखिल बैगारले जानकारी गराएका थिए । बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातिले सहजिकरण गरेको सुनुवाईमा सहभागिहरुले वडाको सेवा प्रवाह तथा विकास निर्माणका सन्दर्भमा दर्जनौ प्रश्न तथा जिज्ञासा राखेका थिए ।
सुनुवाईमा वडा अध्यक्ष निखिल बैगार, सदस्यहरु भुमिसरा राना, कमला दमाई, मनोज कुमार थारु, तुल्सी राम थारु, वडा सचिब रमेश पौड्याल लगायत सरोकारवालाको रुपमा सहभागिहरुका प्रश्नको जवाफ दिएका थिए । सुनुवाईमा १५० को सहभागिता रहेको थियो ।