आगलागी पिडित परिवारहरुलाई मिलापको सहयोग
Tuesday, April 11th, 2023, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ चैत
मिलाप नेपालगन्ज बाँकेले बकसपुर गाउँका आगलागी पिडित परिवारहरुलाई सुत्नका लागी विछ्याउना र लगाउनका लागी कपडा वितरण गरेको छ । बाँकेको जानकी गाउँपालिकाको समन्वयमा मिलाप नेपालगन्ज बाँकेले बकसपुर गाउँका आगलागी भएका परिवारहरुलाई सुत्नका लागी विछ्याउना र लगाउनका लागी कपडा मंगलबार वितरण गरेको हो ।
जसमध्ये प्रत्येक पिडित घरपरिवारलाई विछ्याउना २ थान, खोल सहितको सिरानी २ थान, तन्ना २ थान, साडी २ थान, टिसर्ट २ थान, जिन्स पाईन्ट १ थान वितरण गरेको छ । सोमवार वडा नम्वर ५ बकसपुरमा आगलागी हुँदा चमारन टोलका चार वटा घरमा पूणर्रुपमा क्षतिग्रस्त भएका थिए । पिडित ८ घरपरिवारलाई केही भएपनि सहयोग होस भन्ने उद्देश्यले सुत्नका लागी विछ्याउना र लगाउनका लागी कपडा राहत स्वरुप वितरण गरिएको मिलाप नेपालगन्ज बाँकेका अध्यक्ष रमेश राज रेग्मीले बताए ।
यस्तो समयमा सबै सामाजिक संस्थाहरु मिलेर काम गरेमा आम नागरिकहरुले राहत पाउने गाउपालिकका अध्यक्ष छब्बन खाँले बताए । सो अवसरमा जानकी गाउपालिकका अध्यक्ष खाँ लगायत उपाध्यक्ष रामप्यारी यादव ,५ नम्वर वडाका वडा अध्यक्ष टिकानाथ यादव, ६ नम्वर वडाका वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, विपद व्यवस्थापन समितीका सम्योजक राजेन्द्र सिँह , पालिकका परामर्षदाता शोहराव दर्जी, मिलाप नेपालगन्ज बाँकेका कार्यकारी निर्देशक राजेन्द्र वहादुर सुनार लगायतको उपस्थिती रहेको थियो ।