युवा संघको अध्यक्षमा क्षितिज थेवे र सन्तोष रावलले प्रतिस्पर्धा गर्दै
Wednesday, April 12th, 2023, 6:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ चैत
राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । बुधबार दिउँसो १ बजे सम्म दिइएको समयमा १७ पदका लागि मनोनयन दर्ता भएको छ ।
सर्वसम्मत नेतृत्व छनोटको प्रयास भएको हो । तर, सर्वसम्मत हुन नसकेकाले हामी निर्वाचन प्रक्रिया मार्फत नेतृत्व छनोट गर्ने तयारी भई रहेको छ ।
संघको अध्यक्षमा क्षितिज थेवे र सन्तोस रावलले उम्मेदवारी दिएका छन् । यस्तै महासचिवमा सुमन पुरी तथा अन्जना अधिकारीले उम्मेदवारी दिएका छन् ।
एक–एक जना अध्यक्ष र महासचिव, तिन जना उपाध्यक्ष, दुईजना उप–महासचिव, एक जना कोषाध्यक्ष तथा समावेसी सहित नौ जना गरि १७ जना पदाधिकारीका लागि निर्वाचन हुदै छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट आएका दुई हजार बढि युवा प्रतिनिधि नेपालगन्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ ।
अधिवेशनबाट नयाँ नेतृत्व समेत चुनिने भएकाले यस आयोजनालाई महत्वपुर्ण दृष्टिकोणले हेरिएको छ भने, पदाधिकारीका आकाँक्षीहरु नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रयासरत छन् ।
मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अगाडी बढेको संघका पुर्व प्रवक्ता तथा उप–महासचिवका उम्मेदवार महाराज गुरुङले बताए । उनले भने, ‘हामी दावि विरोध प्रक्रियामा छौं । निर्वाचन मण्डलले परेका उम्मेदवारी माथि छानविन गरिरहेको छ । उम्मेदवारहरुसंग छलफलमै छौं । छलफलबाट समाधान ननिस्केको खण्डमा आज रातिसम्म हामी निर्वाचनमा जान्छौं । यद्यपी सकेसम्म सहमति गर्ने प्रयास भने रहनेछ ।’