सञ्चारीका बाँकेले २१ औं स्थापना दिवस मनायो
Wednesday, April 12th, 2023, 6:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २९ चैत
‘लैङ्गिक मुद्दाहरुलाई मुल प्रवाहमा ल्याऔं मिडियामा महिला पत्रकारहरुको प्रतिनिधित्व बढाऔं’ भन्ने मुल नाराका साथ सञ्चारीका समुह नेपाल बाँके शाखाले आफनो २१ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ ।
२१ औं स्थापना दिवसका अवसरमा समुहद्वारा प्रकाशित भित्तेपात्रो बिमोचन गर्दै सञ्चारीका समुह बाँकेले नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान समेत गरेको थियो ।
नयाँ बर्ष २०८० को पुर्व संन्ध्यामा आयोजित सो अवसरमा स्थापना दिवसको उद्घाटन तथा क्यालेन्डर बिमोचन गर्दै कोहलपुर नगरपालिकाका कार्यबहाक प्रमुख संगिता सुबेदीले महिला पत्रकारहरुका निम्ति सञ्चारीका समुहले देखाएको अग्रसरतालाई मुक्त कण्ठले प्रशंसा गरिन् । उनले महिला शशक्तिकरणका निम्ती नगरबाट जुनसुकै साथ र सहयोग रहनेमा जोड समेत दिएकी थिईन् ।
महिला पत्रकारहरुले सचेतनाका सवालमा समाज परिवर्तनका निमित्त कलम चलाउन आग्रह गर्दै कार्यबहाक नगर प्रमुख सुबेदीले समाज परिवर्तनका संबाहक सञ्चारीकाहरुले ठोस मुद्दाहरुमा कलम चलाउनुपर्ने बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, कोहलपुर नगर कार्यपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, सञ्चारीका समुह बाँकेकी संस्थापक अध्यक्ष अछरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शिव सुनार, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष संगिन शर्मा, प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, अकोरावका केन्द्रिय सदस्य हेमन्त बिश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगि, एनटिभि कोहलपुरका कार्यालय प्रमुख विजय बर्मा, प्रेस चौतरी बाकेका उपाध्यक्ष बिनोद भट्टराई, दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियार, प्रेस सेन्टर कोहलपुरका अध्यक्ष पुष्पराज हमाल, लगाएत अतिथीहरुले नयाँ बर्ष २०८० को शुभकामना सहित सञ्चारीका समुहको २१ औं स्थापना दिवसका अवसरमा शुभकामना सहित आ–आफनो धारणा ब्यक्त गरेका थिए ।
सञ्चारीका समुह बाँकेका कार्यबहाक अध्यक्ष सरला सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममासञ्चारीका समुह बाँकेका कोषाध्यक्ष धना के.सि.ले स्वागत गरेकि थिईन भने कार्यक्रमको सञ्चालन सञ्चारीका समुह बाँकेका महासचिव पवित्रा परियारले गरेकी थिईन ।

…