५१ दिनको यात्रामा नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’
Wednesday, April 12th, 2023, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ चैत
नेपालगन्जमा प्रदर्शनको पहिलो दिनबाटै आक्रमक ब्यापारको सुरुवात गरेको नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ ले बुधबार सम्म ६७ लाख बढीको कारोबार गरेको छ । चलचित्रले यस दिन सम्म पनि संतोषजनक ब्यापार गरिरहेको छ ।
चलचित्र ‘छक्का पञ्जा ४’ ले बुधबार ४१ औं दिन पार ग-यो ।
‘नेपालगन्जमा चलचित्रले यसदिन सम्म ६७ लाख भन्दा माथीको ब्यापार गरेको छ । भने चलचित्रलाई २५ हजार भन्दा बढी दर्शकले हेरेका छन् ।’– क्युएफएक्स सिनेमा बागेश्वरी हलका म्यानेजर सन्जिब शाक्य भन्छन् । ‘चलचित्र ‘छक्का पञ्जा ४’ लाई दर्शकको प्रतिक्रिया सकारात्मक छ । चलचित्रले अब ५१ दिनको यात्रा गर्दैछ । नयाँ बर्षमा पनि अन्य चलचित्रसंगै एउटा शो ‘छक्का पञ्जा ४’ को पनि राख्ने योजनामा छौं ।’
शाक्यका अनुसर यसै बर्ष प्रदर्शनमा आएको साउथ चलचित्र केजिएफले ६५ लाख नजिकको ब्यापार गरेको थियो भने नेपाली चलचित्र कबड्डी– ४ ले ६० लाख नजिकको ब्यापार गरेको थियो । चलचित्र छक्का पन्जा ४ नेपालगन्जमा यो बर्ष २०७९ को धेरै हेरिने र धेरै ब्यापार गर्ने चलचित्र बनेको छ ।
दिपकराज गिरी र दिपाश्री निरौला निर्मित सो चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, राज आचार्य, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन् ।