प्रहरीद्वारा करिब पाँच करोड बराबरको अवैध सुनका गर-गहना बरामद
Thursday, April 20th, 2023, 4:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ बैशाख
बाँके प्रहरीले ठुलो मात्रामा सुनका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । न्युरोड नेपालगन्जबाट करिब ४ किलो ९ सय २७ ग्राम सुनका गहनासहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई नेपालगन्जको न्युरोडबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक शन्तोष सिंह राठौरले जानकारी दिए ।
नियन्त्रणमा लिईएका व्यक्तिहरुबाट स्रोत नखुलेको सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले बरामद गरेको छ । यस विषयमा विस्तृत जानकारी दिन बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक राठौरले विभिन्न गहनासहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई नियन्त्रणमा लिईएको जानकारी दिए ।
‘उनीहरुसँग ति गहनाहरुको स्रोत पुष्टि गर्ने कुनै आधार छैन । प्रारम्भिक अनुसन्धानबाट उनिहरुले पोखरा, बुटवल लगायतका शहरहरुमा समेत सुन विक्रि गरेको खुल्न आएको छ । यहाँ पनि एकाध ठाउँमा खरिदविक्रिका लागि डिल भईसकेको रहेछ ।’– उनले भने ।
उनिहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईने बाँके प्रहरीले जनाएको छ ।

banke polic_team.
