जानकीमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको समिक्षा बैठक सम्पन्न
Friday, April 21st, 2023, 8:36 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ बैशाख
भन्छिन आमा परिवारकै स्वास्थ्यका लागी ‘कुपोषणको चक्कर जिवनभरिको ठक्कर’ भन्ने मुल मन्त्रका साथ बाँकेको जानकी गाउँपालिकामा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितीको एकदिने समिक्षा बैठक सम्पन्न भएको छ ।
जानकी गाउँपालिका अन्र्तगत बि–गुपले संचालन गरेको कार्यक्रममा सु–आहाराको आर्थिक सहयोग र जानकी गाउँपालिको समन्वयमा पोषण तथा खाद्य सुरक्षा निर्देशन समितीको समिक्षा बैठक सम्पन्न भएको हो ।
पालिकाको १ देखि ६ नम्वर वडा सबैमा बि–गुपले बहुक्षेत्रिय पोषण सुपर योजना सन्चालन गरिराखेको कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले बताए ।
विशेषगरी पोषण सम्वेदनशिल र पोषणयुक्त, पोषणमैत्री कार्यक्रमहरु के गर्न सकिन्छ भन्ने विषयमा पालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा निर्देशन समितीको वैठक समेत बसेको डाँगीले जानकारी दिए । यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि आगामी आर्थिक वर्षमा पोषणयुक्त वडास्तरबाट योजनाहरु ल्याउँदै पालिकाको योजना तयार गर्नुपर्ने बताए । जसमा विषयगत क्षेत्रका कार्यक्रम राख्दा आर्थिक विकास समितीमा विशेषगरि पोषण सम्वेदनशिलका कुराहरु शाखागत रुपमा कलेक्सन गरि आउनुपर्ने उनले बताए ।
यसैगरी स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तमलाल वेलबासेले स्वास्थ्यले मात्र गरेर नहुने बताउँदैं शिक्षा, कृषि, भेटनरि, पशु लगायत विभिन्न सेक्टरको सहकार्यमा बहुक्षेत्रिय पोषण योजना सम्पन्न गर्न सकिने बताए ।
६ महिनादेखि ५९ महिनासम्मको बच्चाहरुलाई उनीहरुको पोषण स्थिती के छ भन्ने कुरामा सम्बन्ध राख्ने धारणा व्यक्त गरे । जानकी गाउपालिकाको ६ वटा स्वास्थय चौकीमा पोषणको लागी बहिरङ सेवा सन्चालन गरिसकेको समेत जनस्वास्थ्य निरिक्षक तमलाल वेलबासेले बताए ।
जानकी गाउँपालिकले पालिकामा पोषण बृद्धि अनुगमनका लागी बजेट समेत छुट्याएको बताए । ६ वटा स्वास्थय संस्थाबाट हरेक महिनाको पाँचपाँच दिन समुदायस्तरमै गएर बच्चाहरुको तौल अनुगमन समेत गरिने र ३० वटा केन्द्रहरु सन्चालन हुने जनस्वास्थ्य निरिक्षकले तमलाल वेलबासेले बताए । उनले २ वर्ष सम्मको बच्चाहरुलाई बालविटा दिईने गरेको, किशोरीहरुको लागी पनि बिध्यालयबाट आईरन चक्की वितरण गरिएको जसले गर्दा उनिहरुलाई रक्तअल्पताबाट बचाउन सकिने र गर्भवतीहरुको सन्दर्भमा प्रत्येक गर्भमा ८ पटकसम्म जाँच गर्ने गरेको समेत बताए । कार्यक्रममा पालिकाका अध्यक्ष छब्बन खाँ, प्रवक्ता तथा ५ का वडा अध्यक्ष टिकानाथ यादव, २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु ,पालिकाका शाखा प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको विषयमा सु–आहारका वरिष्ट कार्यक्रम विज्ञ विकास रोकाय र कार्यक्रम संयोजक सुजाता आचार्यले प्रस्तुतीकरण गरेका थिए ।