मुस्लिमको पर्व र अधिकार
Saturday, April 22nd, 2023, 2:02 pm
Kalpristha
बब्लु शेख
नेपाली मुस्लिम हरुको महान पर्व ईदुल फित्र ईद प्रतेक वर्षमा एक पटक मनाउने गर्द्छन । सम्पूर्ण मुस्लिमहरुलाई इस्लाम धर्ममा एउटा विसिस्ट रुप प्रदान गरिएको छ ।
सामाजिक जीवनमा यो पर्वले सामाजिक जिवनमा यो पर्वको जुन परम्परा र मान्यता रहेको हुन्छ त्यसलाइ इस्लाम धर्मले नजर अन्दाज गरेको छैन । त्यसैले गर्दा अझ त्यस उद्देश्यमा लाभान्वित हुनका लागि सबैलाई परिवर्तन गरिदियेको छ ।
ईदुल फित्र ईद अरबि तारीखको नवौं महिनामा रमजान्को तिस रोजा बसेको खुशियालिमा मनाउने ईद मनाउने गरिन्छ । रमजानको अन्तिम शुक्रबार लाइ अलविदा भनिन्छ । रमजान्को महिनामा आवश्यक र पीडित ब्याक्तीलाई सर्बपर्थम आफु बाट हुने सहयोग प्रदान गरि पीडित व्यक्तिको उद्दार भयो भने सवै भन्द महत्त्वपूर्ण योगदान हुनेछ । इस्लाम मान्ने सम्पुर्ण मुस्लिमहरु १२ वर्ष पुगेको सबैले ब्रत रोजा अनिवार्य गरिएको छ। रोजाको मुख्य उद्देश्य बिहान सेहरि खाइ दिन भरि एक थोपा पानी पनि नखाइ दिनभरि निराहार रोजा बस्ने गरिन्छ ।
झुठो नबोल्नु, झगडा नगर्नु आदि इस्लाम धर्मले सिकायेको छ् । ईदको नमाज बिहानै उथेर स्नान गरिने गरिन्छ । नयाँ नयाँ रंगीचंगी लुगा कपडा लगाउने गरिन्छ । सबैको अनुहारमा खुसी छायेको हुन्छ । ईदको नमाज पढ्न जानु भन्दा अगावै निर्धारित जकात फित्र दान गरिबहरुलाइ दिने गरिन्छ । जसको कारण बाट कुनैपनि गरिब ईदको दिन भोको बस्नु नपरोस् । ईदको नमाज पढ्न एउटा छुट्टै स्थान बनेको हुन्छ जसलाई ईद्गाह भनिन्छ । ईदको नमाज पढ्न सबै मुस्लिमहरु ईद्गाहम पंक्ति बनाइ दुइ रकात नमाज पढ्ने गर्दछन । सोहि स्थानमा धर्मगुरु परवचन गर्दछन। ईद्गाह मैदानमा जम्मा भयेका मुस्लिमहरुले सबैको कल्याण होस र देशमा अमन शान्ति छायोस अल्लह सङ प्रर्थना गर्छन् ।
र सबै अ आफ्नो घरतिर लाग्छन् ।नमाज पढ्इसकेपछि एक अर्कासङ अङालो मारेर शुभकामना ईद मुबारक भन्ने गर्दछ्नर मिठाई सेवाइ आदि खुवाउने गर्दछ्न । ईदको बिदा माग्दै आएको थिए हाल ईदको बिदा नेपाल सर्कार्ले दिन्दै आयेको छ । हाल कुनै कुनै क्यालेन्डरमा मात्र बिदा छापिएको छ । नेपाल सरकारले ईद्को दिन शुभकामना र बिदा समेत दिदंै आयेको छ ।