प्रेस चौतारी बाँकेको साधारणसभा १७ गते
Tuesday, April 25th, 2023, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ बैशाख
प्रेस चौतारी बाँकेको साधारणसभा यहीँ बैशाख १७ गते नेपालगन्जमा हुने भएको छ । मंगलवार अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नेपालगन्ज उद्योग वाणिज्य संघको हलमा साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाको उद्घाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नेछन् ।
साधारणसभामा बाँकेको पत्रकारिताको चुनौती र अवसर, संगठन सुदृढीकरण लगायतका बिषयमा बृहत छलफल हुने अध्यक्ष रोकायले बताए । उनका अनुसार, साधारणसभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ ।
मंगलवार नै बसेको बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनोनीत भएका केन्द्रीय सदस्य एवं प्रदेश सह–इन्चार्ज रुद्रप्रसाद सुवेदी, प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । बैठकले सगरमाथा गन्तव्य दैनिकमा कार्यरत पत्रकार आशा परियारलाई कार्यसमिती सदस्यमा मनोनित गरेको सचिव कमल डाँगीले जानकारी दिए ।
बैठकमा प्रेस चौतारी केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज भेषराज बस्नेत, संगठनका निर्वाचन आयोग सचिव गोविन्द प्रसाद शर्मा, पुर्ब केन्द्रीय कोषाध्यक्ष अक्षरी पोखरेल,केन्द्रीय सदस्य शकिल अहमद कादरी, बिश्वराज पछल्डङ्या, रुपा गहतराज, रुपनी जिएम, अनुशासन आयोग सदस्य बिष्णु वेलवासे, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रदेश सदस्य सरला सुवेदी, खम्बप्रसाद पुन,पवित्रा परियार लगायतको सहभागिता थियो । उनिहरुले संगठन सुदृढीकरणका लागि आवश्यक सुझाव दिएका थिए ।