जानकीमा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाईयो
Sunday, May 28th, 2023, 9:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ जेठ
बाँकेको जानकी गाउँपालिकाले आईतवार अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस कार्यक्रम गरेको छ । ‘महिनावारीलाई महामारी बन्न नदिऔँ, छाउगोठ होईन शौचालयका निर्माण गरौं’, ‘दुर्गमसम्म पनि यो चेतना पुगोस, महिनावारीले कोही मर्नु नपरोस’ भन्ने नारा सहित अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस कार्यक्रमको आयोजना गरेको हो ।
त्रिवेणी विकास समाज कोहलपुर १४ हवलदारपुर बाँकेको आयोजना र ‘विमेन व्रल्ड डे अफ प्रेयर’ जर्मनीको आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले महिलाहरुको नियमित महिनावारी हुने र त्यो सँग रिलेटेड हुने ईन्फेक्सनहरु साथै महिनावरी हुदाँखेरी किशोरीहरुलाई विध्यालयमा हुने समस्या निवारणका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । महिनावारी कै कारणले गर्दा किशोरीहरु शिक्षामा वन्चित हुनु र्ने अवस्थाको अन्त्य गर्ने उनले बताए ।
उनले आउने आर्थिक वर्षको वजेट योजनामा पालिकामा रहेका सम्पुर्ण किशोरी विध्यार्थीहरु तथा सबै महिला दिदि बहिनीहरुको लागी सेनेटरी प्याड र यस सम्बन्धि सचेतनाका लागि आवश्यक बजेटकाको व्यवस्था गर्ने बताए ।
त्यसै गरेर त्रिवेणी विकास समाज कोहलपुर १४ हवलदारपुर बाँकेका कार्यक्रम संयोजक मिश्रिलाल यादवले जानकी गाउँपालिकाको वडा नम्वर ४, ५, ६ र कोहलपुर नगरपालिकको १४ र १५ वडामा यही २०२३ जनवरी देखी कार्यक्रम सन्चालन गरेको बताए ।
उनले महिलाहरुको महिनावारी र त्यो सँग सम्बन्धित संक्रमणहरुबाट छुटकारा पाउनको लागी तथा प्रजजन् क्षमता उमेरका महिलाहरु स्वस्थ रहेर स्वस्थ बच्चा जन्माउनका निमित्त तयार होउन््, भन्ने उदेश्यलेकार्यक्रम गरिएको बताए ।
कर्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ,सामाजिक विकास समितीका सम्योजक राम आचल धोवी जिल्ला समन्वय समितीका सदस्य जुल्फेकार मनिहार, कार्यपालिका सदस्य कमलादेवी यादव, पालिकाकी निमित्त प्रमुख प्रशासकिय अधिकृत शोभा पौडेल, स्वास्थ्य शाखाका प्रमुख दल वहादुर राना, महिला वालवालिका शाखाकी प्रमुख कल्पना गाहा, शिक्षातथा खेलकुद शाखाकी निमित्त प्रमुख झुमि कुमारी वली, रोजगार शाखाकी प्रमुख सिमा चौधरी, परामर्शदाता शोहराव अलि दर्जी लगायतको सहभागिता रहेको थियो ।