मारवाडी महिला बिच परिकार बनाउने प्रतिस्पर्धा
Sunday, May 28th, 2023, 9:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ जेठ
नेपालगन्जमा मारवाडी समुदायका महिलाहरुका बीचमा विभिन्न खानाको परिकार पकाउने प्रतिस्पर्धा सम्पन्न भएको छ । मारवाडी महिला मञ्च नेपालगञ्ज बाँकेले आयोजना गरेको उक्त प्रतिस्पर्धामा ८ जनाले सहभागिता जनाएका थिए ।
विभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएका मारवाडी गृहणी महिला तथा किशोरीहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मारवाडी महिला मञ्च नेपालगञ्ज अध्यक्ष संगिता अग्रवालले बताईन । मञ्चमा आवद्ध भएका १ सय ३० महिलालाई विभिन्न माध्यमबाट क्षमता विकासमा कार्यक्रम गर्दै आएको उनले बताईन् ।

………….
मारवाडी महिलामा भएका प्रतिभा उजागर गर्ने र उनीहरुमा आत्मबल बढाउनको लागि यस्तो खालका कार्यक्रमहरुले उर्जा दिने मारवारी किशोरी शिल्पा अग्रवालले बताईन् । उनले घरको चुलो चौकोमा मात्र नभएर मारवाडि महिला सक्षम छन् भन्ने सन्देस दिएको बताईन् ।
प्रतिस्पर्धामा धनगढीबाट आएकी गायत्री देवी गोञ्जानीया प्रथम, नेपालगञ्जकी मोहीनी अग्रवाल दोस्रो र निशा सठिया तेस्रो भईन । कार्यक्रमको निर्णायक नेपालगञ्जको होटल सिद्धार्थ भ्युका चिफ सेफ अर्जुन खरेलको टीम रहेको थियो । कार्यक्रममा प्रतिष्ठित व्यवसायी प्रदीप कुमार छाजेडलगायतको उपस्थिति रहेको थियो ।