मिटर व्याजी साहु मर्कामा परेको गुनासो प्रधानमन्त्री समक्ष
Tuesday, May 30th, 2023, 5:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ जेठ
जसपा जनकपुरका नेता मुन्जय राउतले मिटर व्याजमा ऋण दिने साहु मर्कामा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष कुरा राखेका छन् । नेता राउतले गत आईतबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमै पुगेर मिटर व्याजी साहु मर्कामा परेको बताएका हुन् ।
मिटर व्याजमा दिएको पैसाको मुलधन समेत फिर्ता न आएको भन्दै उनले रकम माग्न जाँदा उल्टो मुद्दा हाल्ने धम्किपुर्ण व्यहार खेप्नु परेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ समक्ष गुनासो गरे ।
तत्कालै प्रधानमन्त्रीको भारत भ्रमण कार्यक्रम रहेकोले नेपाल फर्केपछि यस विषय आवश्यक छलफल गर्ने आश्वासन आफुले पाएको उनले बताए ।
मा केहि गर्न न सकिने तर यस विषय लाइ गम्भिर्ता पुर्वक लिएको कुरा प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड ले बताएका कुरा नेता राउत ले जान्कारि दिएका छन ।
‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० सम्म तय भएको छ । भारत भ्रमण सके पछि पुनः युस विषयमा विस्तृत रुपमा छलफल गरिने र साहुको गुनासो सुन्ने प्रधानमन्त्री ज्युले भन्नुभएको छ,’–उनले भने ।