किन लम्बियो लोकमानको स ुनुवाई
Friday, January 6th, 2017, 5:01 am
amit
काठमाण्डौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रम्ुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता, लगायतका विषयमा परेको मुद्दाको सुनुवाई लम्बीएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पुर्ण इजलासमा भएको सुनुवाईमा प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने क्रम लम्बीएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । लोकमानका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्ता बाबुराम कुवर, महादेव यादव र सुरेन्द्र महतोले कार्की उच्च नैतिक चरित्रको भएको, पुनरावलोकनका लागि परेको मुद्दामा निस्साको आदेश दिनुपर्ने अवस्था नदेखिएको र आयोगका प्रमुख हुन योग्य भएको तर्क राखेका छन ।
अधिवक्ता सुरेन्द्र महतोले राजनीतिक परिवर्तनका समयमा गरिएको काम नैतिकता संग नजोडिने दावी गर्नुभयो । कानुन व्यवसायीले कार्कीको अन्य विषयमा चर्चा गरेपनि मुद्दामा जोडिएको २० बर्षे योग्यताका विषयमा भने प्रवेश गरेनन् । यसअघि रिट निवेदकका तर्फबाट कानुन व्यवसायीले बहस सकेका थिए । योग्यता नपुगेका व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्ती गरिएकाले बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट बहस सकिएपछि अदालतले फैसला गर्नेछ ।