आयोजना प्रभावितलाई सेयर बिक्री खुल्ला गर्दै घोराही सिमेन्ट
Friday, June 2nd, 2023, 9:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १९ जेठ
घोराही सिमेन्ट इन्डष्ट्रीजले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सेयर बिक्री खुल्ला गरेको छ । वैशाख १९ देखि जेठ २ गते सम्म सेयर बिक्री कार्य खुल्ला रहने घोराही सिमेन्टले जनाएको छ । कम्पनीले कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित गरेको छ । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले निकै उत्साह देखाएका छन् ।
यसैगरी बैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुका लागि ७ लाख ५४ हजार ६ सय ६१ कित्ता सेयर छुट्याइएको छ ।
नेपालको औद्योगिकरण र व्यापार प्रवद्र्धनमा घोराही सिमेन्टले योगदान गर्दै आएको छ । राष्ट्र विकासमा हातेमालो गर्दै लामो इतिहास बनाएको त्रिवेणी समुहबाट प्रवर्धित घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादनका रुपमा स्थापित कम्पनी हो । जसको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेको थियो ।
तर हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पु¥याएको कम्पनीले जानकारी गराएको छ । कम्पनीले निकट भविष्यमा सर्वधारणको लागि जारी गर्ने शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपुर्ण सहभागिता रहने विश्वास लिएको छ ।