फिल्म ‘जारी’ले प्रदर्शनको ५१ औं दिन मनायो
Saturday, June 3rd, 2023, 9:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० जेठ
फिल्म ‘जारी’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको हो । चलचित्रले शनिबार काठमाण्डौँ उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगन्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको ५१ औं दिन मनाएको छ । काठमाडौं उपत्यकाका १८ र उपत्यका बाहिरका ११ वटा हलमा ५१ औं दिन मनाएको हो । निर्माण टिमले फिल्मले ५१ औं दिन मनाएको जानकारी गराएका छन् ।
फिल्म ‘जारी’ वर्षकै पहिलो एकाउन्न दिन पूरा गर्ने चलचित्र बनेको छ । चलचित्र बजारमा राम्रा चलचित्रको खडेरी परेको बेला चलचित्रले एकाउन्न दिन पूरा गरेको बागेश्वरी सिनेमाज नेपालगन्जको म्यानेजर संजिव शाक्यले जानकारी दिए । अँझै केहि दिन नेपालगन्जको हलमा सो चलचित्र प्रदर्शन हुने उनले बताए ।
फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो । जारी प्रथामाथि आधारित रहेको फिल्ममा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।