भदौंबाट कक्षा सुरु गर्दै प्राविधिक विश्वविद्यालय
Wednesday, June 7th, 2023, 6:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ जेठ
लुम्बिनी प्रदेश सरकारको पहिलो विश्वविद्यालय लुम्बिनी प्राविधिक विश्व विद्यालयले आगामी भदौदेखि कक्षा सन्चालन गर्ने तयारी सुरु गरेको छ । यसका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रशासकिय कार्यालय नेपालगन्जले तिव्र गतिमा तयारी सुरु गरेको छ । विश्वविद्यालय भने बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा निर्माण गरिँदैछ ।
सुचना प्रविधि अन्र्तगत २ वटा कार्यक्रम सन्चालन हुने छन् । जसमा आईटी तर्फ वि.टेक ईन आईटी, वि.टेक ईन सिएस एआई तथा वि.टेक ईन आईटी ईन्जिनियरिङ्ग अध्यापन गराईने छ । यसैगरि ईन्जिनियरिङ्ग अन्र्तगत सिभिल एण्ड अर्वन प्लानिङ्ग र ईडष्ट्रियल ईन्जिनियरिङ्ग सन्चाल हुने छ । यसका लागि पाठ्यक्रम निर्माण अन्र्तगत सबै कार्यक्रमको कोर्स स्टक्चरहरुको तयारी अन्तिम अवस्थामा पुगेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग बहादुर भण्डारीले जानकारी दिएका छन् ।
‘कक्षा सन्चालनको सबै तयारी अन्तिम चरणमा पुगेकोे छ । स्थानिय स्तरमा हामीले राम्रो समन्वय गरिरहेका छौं । २ पटक त हामीले स्थानीय तहसँग छलफल र अन्तरक्रिया समेत गरिसकेका छौं । साथै हामीले यो जेठ र असार महिनामा हामीले हाम्रो बजार प्रर्वधन कार्यक्रम राखेका छौं । सँगसँगै हामीले यहाँ अध्ययन गर्ने विद्यार्थीको छात्रवृत्ति र इन्टर्नसिपका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रत्येक स्थानीय पालिकासँग ‘मेमोरेन्डम अफ अण्डरस्ट्यान्डिङ्ग’ सम्झौता गरिसकेका छौं,’–उनले भने ।
यसका साथै यो अध्ययन सुरु भएको ६ महिना पछि देखि नै सोहि विषयमा स्नातकोत्तर पढाई समेत सुरु गरिने लक्ष्य विश्वविद्यालयले लिएको छ । भौतिक निर्माणको पक्षमा भने ४० बर्षको लागि खजुरा गाउँपालिका स्थित ८ वडामा १ सय विगाहा जग्गा भाडामा लिने प्रक्रिया सुरु भईसकेको छ ।
‘तत्कालै सुरु गर्न थालिएको कक्षा सन्चालनका लागि भने मिलेसम्म खजुरास्थित जनकशिक्षाको भवन भाडामा लिने हाम्रो योजना हो । तर, त्यसो हुन सकेन भने हाम्रो प्रशासकिय भवनमै पनि तत्काल सुरु गरिने कक्षाका लागि कोठा प्रर्याप्त छन्,’–उनले भने ।
लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्व हुने गरी संघीय सरकारबाट स्वीकृत भई खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरिएको हो । विश्वविद्यालयका रजिस्टार रेग बहादुर भण्डारीका अनुसार भौतिक पुर्वाधार एवम् शैक्षिक पुर्वाधार निर्माणको लागि लुम्विनी प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिएको छ । त्यसका लागि ५४ करोड बजेट माग गरिएको जानकारी दिंदै रजिस्टार भण्डारीले भने,–‘हामीले ५४ करोड मागेका छौं । तर, कति आउँछ हेरौं ।’
‘अहिले सम्म १० करोड विनियोजित रकम मध्ये हामीले यो असार मसान्त सम्म ७० प्रतिशत सम्म वित्तिय प्रगति गर्ने लक्ष्य लिएका छौं ।’–उनले थपे ।

……………..
लुम्बिनी प्रदेश सरकारको पहिलो विश्वविद्यालयलाई हुर्काउन र बढाउनको लागि स्थानीय निकाय, जिल्लाका सबै राजनैतिक दलहरु र उद्योगी तथा व्यापारीहरुलाई सहकार्य र सहयोगका लागि उनले आग्रह समेत गरेका छन् ।
खजुरामा बन्ने सो विश्वविद्यालय यहाँको मात्रै नभईकन प्रदेशकै गौरवको आयोजना भएको खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विक ‘तुफान’ बताउँछन् । खजुरा गाउँपालिकाले व्यवस्थापकिय र समन्वयको पाटोमा काम गरिरहेको उनले उल्लेख गरे । साथै उनले यसक्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा प्राविधिक विश्वविद्यालयले महत्वपुर्ण भुमिका खेल्ने समेत बताए ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना हुनुले शैक्षिक क्षेत्रको विकास मात्रै नभईकन यस क्षेत्रको र खजुरको समग्र विकासमा टेवा पुग्ने खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल बताउँछिन् । अब यहाँका छोरी मात्रै नभईकन बुहारी समेतले प्रविधिक शिक्षा आफ्नै आँगनमा पढ्न पाउने उनले उल्लेख गरिन् ।