कर्णाली रोजगार कार्यक्रमको रकम नीति निर्देशन विपरीत ठेक्कामा लगाइयो
Friday, June 9th, 2023, 7:17 pm
Kalpristha
विष्णु प्रसाद देवकोटा
डोल्पा, २६ जेठ
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कर्णाली रोजगार कार्यक्रमको नीति निर्देशन विपरीत नेपाल सरकारले जनताको लागि छुट्याएको रकम कार्यकर्ता खुशि पार्न ठेक्कामा खर्चिएको पाइएको छ । नेपाल सरकारले जनतालाई न्युनतम रोजगारी सुनिश्चित गरी समाजिक सुरक्षाको ब्यवस्था गर्ने उद्धेश्यले संचालन गरिएको रोजगार कार्यक्रमको बजेट त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले बलमिच्याई गर्दे आफ्ना कार्यकर्ता र आफन्त पाल्न नीति तथा निर्देशनलाइ लत्याउदै पक्की पुल निर्माणमा ठेक्का आह्रवान गरी खर्चिएको नेपाल कम्युनिष्ट पार्टी विप्लबले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाकाका स्थानीय जनताको चर्को विरोध हुदाहुदै पनि नगरप्रमुख रोकायाले बलमिच्र्यापुर्ण ढंगवाट नगरकार्यपालिकाको बैठकवाट निर्णय पारित गर्न लगाएर रोजगार कार्यक्रमको नीति निर्देशन विपरित कार्य गरेको पाइएकाले तत्काल १५ दिन भित्र नीति विपरीतको कार्य सोच्याउन आग्रह गर्दै आफ्नो पार्टीले ध्यानाकर्षण पत्र नगरप्रमुख रोकायालई बुझाएको नेपाल कम्युनिष्ट पार्टी जिल्ला शाखा डोल्पाका इन्चार्ज शेराप सी र सेक्रेटरी गौचन सीद्धवारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख छ ।
नगरलाई पन्ध्र दिनको अल्टीमेटम सहित ज्ञापन पत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ज्ञापन पत्रको बर्खिलाप गरेमा हस्ताक्षर संकलन नगर घेराउ तथा तालाबन्दी सहितको शसक्त संघर्ष गर्ने जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकाले केहि समय अघि कार्यपालिकाको निर्णयलाई आधारमानि त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर १ र ९ अन्तरगत पर्ने चुँगाड खोला नगरकेन्द्र नजिक गल्लीगाड खोला र ताम्रावर्णी खोला गरी तिन स्थानमा पक्कीपुल निर्माण गर्ने गरी ११ वटै वडाको रोजगारको लागि छुट्याइएको दुई करोड ४० लाख र नगरको ६० लाख गरेर तिन करोडको लागतमा त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाअध्यक्ष टंक थापा त्रिपुरासुन्दरी नगरपालिका–७ का विसमान रोकाया र त्रिपुरासुन्दरी नगरपालिका–९ चुँका विनोद भन्ने माओवादी कार्यकर्तालाई पुल निर्माण गर्ने गरी जिम्मेवारी दिइएको समेत नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी डोल्पाले जनाएको छ ।