‘कर्णाली प्रदेशलाई सुरक्षित नमुना प्रदेश बनाउने गरी सुरक्षाको काम भईरहेको छ’
Friday, June 9th, 2023, 7:19 pm
Kalpristha
विष्णु प्रसाद देवकोटा
डोल्पा, २६ जेठ
नेपाल प्रहरीका कर्णली प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक भिमप्रसाद ढहकालले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशलाई नमुना सुरक्षित प्रदेश बनाउने उद्धेश्यले सुरक्षित कर्णाली विशेष अभियानलाई अगाडी बढाइएको बताए ।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा सुरक्षाको अवस्था प्रहरी इकाईको ब्यवस्थापन लगायत सडकको अवस्थाको स्थलगत अनुगमनको क्रममा डोल्पा पुग्नु भएका कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा संचारकर्मिसगको भेटघाटमा बोल्दै प्रमुख ढकालले कस्तो खालको सुरक्षा आवश्यकता छ भन्ने कुराको नागरीकसंग सुझाव संकलन गरेर सुरक्षित कर्णाली विशेष अभियान अन्र्तगत प्रत्येक जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईमा नागरीक सहजता केन्द्र स्थापना सावारी साधनमा यात्रुमैत्री सावारी अभियान प्रदेशका जिल्लामा अपराध हुनैनदिने भइहालेमा बस्तुनिष्ठ अनुसन्धानमा जोड प्रहरी सुदृढीकरणमा जोड दिइएको जानकारी दिए ।
जिल्लाको सुरक्षा अवस्था अनुगमन निरीक्षणकोक्रममा डोल्पा पुगेका प्रहरी नायव महानिरीक्षक ढकालले अपराध रोकथाम गर्न सहज होस भनेर प्रत्येक सिमा प्रहरी इकाईमा सिसिटीभी क्यामरा जडान गरिनुका साथै अपराधी क्रिायाकलाप नियन्त्रण गर्न कर्णाली प्रदेश अन्र्तगतका दश जिल्लाका ३ लाख ५० हजार घरधुरीमा प्रहरीको टलिफोन सहितको स्टीकर टाँस गरिने गरी काम भईरहेको जानकारी दिए ।
अनुगमनको क्रममा डोल्पा पुग्नु भएका गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले डोल्पा भूगोलको हिसावले ठूलो र चुनौतीपुर्ण रहेकाले यहाँका नागरीकको जीवनस्तर के कसरी सहज बनाउन सिकन्छ भन्ने तर्फ सबैले आआफ्नो तहबाट सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।
कर्णालीका जिल्लामा रहेने नागरीकको सरल जीवनस्तर बन्न सके मात्र सिंगो कर्णालीको सम्बृद्धि र विकासमा सहयोग पुग्ने प्रधान सम्पादक भट्टराईको भनाई थियो । कार्यक्रममा नागरीक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले उपल्लो डोल्पामा प्रतिकुल मौसम र भुगोलका कारण नेपाल प्रहरी सिजनलरुपमा मात्र बस्ने गरेको र स्थाई सुरक्षाको ब्यवस्थापन नभएकाले सुरक्षा संवेदनसिल रहेकोले हिमाली बन्दोबस्तीका सामाग्रीको ब्यवस्थापन गरी सुरक्षा अनुभुती दिलाउन स्थाई सुरक्षाको ब्यवस्थापनमा जोड दिए ।
अस्थाई सुरक्षाका कारण उपल्लो डोल्पाका डोल्पोबुद्ध छार्काताङसो र शे फोक्सुण्डो गाउँपालिकामा रहेका महत्वपुर्ण गुम्बाहरुमा वर्षनी चोरी हुनुका साथै सिमा नाकामा अपराधी क्रियाकलाप समेत हुने गरेको ध्यानाकर्षण समेत नागरीक समाज अध्यक्ष बुढाले गराए ।
जिल्लाको सुरक्षा अवस्था अनुगमन निरीक्षण गर्न नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख ढकालको नेतृत्वमा शसस्त्र प्रहरीका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक प्रदिप पाल गोरखापत्र दैनिक प्रधानसम्पादक शिबकुमार भट्टाई सहितको टोली पर्यटीय क्षेत्र शे– फोक्सुण्डो पुगेर फिर्ता हुने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।