सर्भर डाउन हुँदा रोकियो ५ हजारको श्रम स्वीकृति
Wednesday, August 9th, 2023, 9:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २४ साउन
वैदेशिक रोजगार विभागको सर्भर डाउन हुँदा गत हप्ता देखि हजारौंको संख्यामा आवेदनहरु अलपत्र परेका छन् । वैदेशिक रोजगारीमा जाने सर्बसाधारण नागरिकहरुको नियामक निकाय वैदेशिक रोजगार विभागले केही समयदेखि सम्पूर्ण कार्य अनलाइनबाट गर्दै आएको छ ।
विगतमा जस्तो लाइनमा बसेर पूर्व,अन्तिम श्रम स्वकृति, इजाजत प्राप्त संस्थाहरुको नविकरण देखि मुद्दा फरफारक लगायतका कार्यहरु अनलाइनबाट हुने गरेका छन् । यो डिजिटल प्रविधि सन १०१७ देखि लागु भए पनि पूर्णरुपमा डिजिटल भएको भने धेरै भएको छैन ।
दैनिक एक हजारदेखि दुई हजारको हाराहारीमा व्यक्तिगत र अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने गरेको रेकर्ड छ । सर्भर नचल्दा तत्काल वैदेशिक रोजगारीमा जाने व्यक्तिगत र संस्थागत गरी करिव ४५ सयदेखि ५००० आवेदनहरु विभगाको ताहाचलस्थित अन्तिम र व्यक्तिगत शाखामा आवेदनहरु पेन्डिङ रहेको र यो चाप हटाउन करिब एक हप्ता लाग्ने विभागकी निर्देशक एवं सूचना अधिकारी सारदा भण्डारीले जानकारी दिइन् ।
भण्डारीका अनुसार विभागको सर्भर नचल्दा (डाउन हुँदा) व्यक्तिगत र संस्थागत रुपमा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने सर्वसाधारणको ह्वात्तै चाप बढेको छ । विभागको व्यक्तिगत र अन्तिम स्वीकृति टिकट हेरी पालो मिचेरै भएपनि स्वीकृति प्रदान गरिएको उल्लेख गरिन् । अरु समयमा लट ओपन क्रमिक रुपमा गरीएको जानकारी दिँदै तत्कालकोलागि जो जो को टिकट छ उनीहरुलाई प्रार्थामिकतामा राखेर श्रम स्वीकृति दिइएको निर्देशक एवं सूचना अधिकारी भण्डारीले दाबी गरेकी छन् । तर अधिकांस म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणसाग संस्थागत रुपमा रकम असुलेर व्यक्तिगतरुपमा श्रम स्वीकृति निकाल्दै आएका छन् ।
गत साता विहीबारदेखि सोमबार सम्म श्रम स्वीकृति लिएर रोजगारीमा जानेहरुको लाइन थामी नसक्नु थियो । सोमबार वेलुका ५ बजेबाट सर्भरले काम गर्न थालेको विभागको सूचना प्रविधि शाखाका प्रतिक कडरियाले जानकारी दिए । म्यानपावर व्यवसायी र सर्वसाधारणहहरुले भने विभगाले पटक पटक सर्भर नचलेको भन्दै पन्छिने गरेको आरोप लगाउँदै आएका छन् ।
वैदेशिक रोजगारीमा रहेका करिव चालीस लाख भन्दा बढी सर्व साधारण नागरिकको डेटा रेकर्ड रहेका विभगामा २१ वटा सर्भर छन तर ती कुनै सर्भरमा पनि व्याक अप स्टोरेज नभएको सूचना प्रविधि शाखाका प्रदिक कडरियाले जानकारी दिए ।
सर्भरको व्यक अप नहुँदा चालीस लाख भन्दा बढी नागरिकको व्यक्तिगत विवरण समाप्त हुने र धेरै ठूलो समस्या आउन सक्ने देखिन्छ । विभगाको २१ वटा सर्भर राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जोडिएका छन् । सन् २०१७ मा बनाईका यी २१ वटा सर्भरको हार्ड डिस्क सर्भर व्याक अप छैन