राजश्व चुहावट रोक्न सेना र निकञ्न्जको चेकजाँच पोष्ट स्थापना
Thursday, August 10th, 2023, 5:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ साउन
निकुन्ज वन क्षेत्रवाट निकासी हुने वन पैदावरबाट उठ्ने राजश्व चुहावट रोक्न र अवैधरुपमा हुने वन्यजन्तुको अङ्घ पैठारी लगायतका निषेधित कार्य रोक्न पहिलो पटक नेपाली सेनाको रामवाण गुल्मस्थित सुलिगाडमा संयुक्त सुरक्षा चेकजाँच पोष्ट स्थापना भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रामवाण गुल्मको आयोजनामा संयुक्त सुरक्षा चेकजाँच पोष्ट स्थापना भएको हो । नवनिर्मित सुरक्षा चेकजाँच पोष्टको एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाया र शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीले संयुक्त रुपमा उदघाटन गरे ।
उद्घाटन कार्यक्रममा प्रमुख रोकायाले सुलिगाडस्थित नेपाली सेनाको गुल्मनजिक सुरक्षापोष्ट स्थापनाले जिल्लाको सुरक्षा मात्र नभएर वनपैदावरको अवैद्ध निकासी नियन्त्रण तथा राजश्व चुहावट रोक्न सहयोग पुग्ने बताए । सुरक्षा चेकजाँचको नाममा सडकमा गाडी चेकजाँच गर्दा अनाहकमा सर्वसाधारणलाई असर पुग्नु नहुनेमा ध्यान पु¥याउन समेत निकुन्ज र रामवाण गुल्मका अधिकारीलाई आग्रह समेत प्रमुख रोकायाले गरे ।

………..
ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्णकुमार बुढाले एकिकृत सुरक्षापोष्ट स्थापना पछि नियम विपरित हुने सबैखाले कार्यको नियन्त्रणमा सहयोग पुग्ने गरे । प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले चेकजाँच पोष्ट स्थापना पछि डोल्पाको पर्यटकीय सम्पदाहरुको अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पाहुनाहरुको अभिलेखिकरण गर्न सहज हुने उल्लेख गर्दै कुन देशका कुन नागरिक डोल्पाको कुन क्षेत्रमा पुगेको छ भन्ने कुराको जानकारी लिन समेत सजिलो हुने बताए ।
रामवाण गुल्मका गुल्मपति ध्रुव कार्कीले सवारी चेकिङको नाममा नागरिकलाई झनझटिलो र सास्ती वनाउनको लागि नभई डोल्पा भित्रने पर्यटकहरुको पुर्ण अभिलेखिकरण गर्न र अवैध रुपमा हुने वनपैदावर नदिजन्य बस्तुहरुको नियन्त्रण तथा राजश्व चुहावट रोक्न पोष्ट स्थापना गरिएको जानकारी दिए ।
निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जनतालाई असहज नहुने गरी निकुन्ज वन क्षेत्रमा प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको अभिलेखिकरण गर्न र पर्यटकलाई पर्यटन पदमार्ग जानकारी दिन संयुक्त सुरक्षा चेकजाँच पोष्टले सहज हुने बताए । पोष्ट स्थापना पछि कुन देशका कुन नागरिक कुन पर्यटन क्षेत्रमा जानको लागि कतिको संख्यामा जिल्ला प्रवेश गरे भन्ने कुराको यथार्थ विवरण सुरक्षाचेकजाँच पोष्टले राख्ने पनि संरक्षण अधिकृत भण्डारीले जानकारी दिए ।
यसअघि निकुन्जको कार्यालयमा मात्र पर्यटकले नाम सुचिकरण गर्नु पर्ने प्रावधान भएपनि कतिपय पर्यटक सुलिगाड हुदै सदरमुकाम दुनै भएर उपल्लो डोल्पामा पुगे पनि यकिन अभिलेख नहुँदा समस्या पर्ने गरेको थियो । पोष्ट स्थापना कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख सुरक्षनिकायका प्रमुख मध्यवर्ती वन ब्यवस्थापन समितिका पदाधिकारी वन उपभोक्ता समितिका पदाधिकारी र संचारर्कीको उपस्थिती रहेको थियो ।