महिला उद्यमी संघ नेपाल बाँकेको अध्यक्षमा सावित्री बस्नेत निर्वाचित
Thursday, August 10th, 2023, 6:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ साउन
साबित्री पोखरेल बस्नेतको अध्यक्षमा महिला उद्यमी संघ नेपाल बाँकेको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । संघको प्रथम उपाध्यक्षमा रेवती सिंह, द्धितीय उपाध्यक्षमा आमा गौतम, तृतिय उपाध्यक्ष सुनिता पाण्डे, महासचिवमा सरिता शाक्य, सचिवमा नितु शाह चन्द, कोषाध्यक्षमा विन्दु चर्तिमगर निर्वाचित भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सुशिला शाह राणा, शशि स्वाँर, शुष्मा ज्ञवाली, निरु चौधरी, कुसुम दुगड, शुषमा पोखरेल सुवेदी, शोभा श्रेष्ठ, सुनिता सुवेदी, नाजिया अलि शर्मा, रोजी बोस निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त सुनिता शर्माले जानकारी गराईन् ।
बिहिबार संघको अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षतामा भएको उद्घाटन समारोहको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा लुम्बिनी प्रदेश सभासद मीना श्रेष्ठ, विशिष्ट अतिथी महिला उद्यमी महासंघ केन्द्रिय अध्यक्ष निरु रायमाझी, अतिथीको रुपमा नेपालग उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल बाहिद मन्सुरी चुन्ना, महिला उद्यमी महासंघको तृतिय उपाध्यक्ष सुनिता बैद्य, चोथो उपाध्यक्ष बसन्ती प्रधान, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।