डोल्पामा भेरीनदीको बहाव उच्च, खतरामा सदरमुकाम दुनै
Monday, August 14th, 2023, 5:20 pm
Kalpristha
विष्णु देवकोटा
डोल्पा, २९ साउन
लगातारको वर्षातले भेरीनदिको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजारमा जोखिम बढेको छ । सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरीनदिको पानीको बहाव उच्च बढेपछि सदरमुकामवासीमा चिन्ता थपिदिएको छ ।
डोल्पाको सदरमुकाम दुनै वजारको बीच भाग भएर बगिरहेको भेरीनदिको बहाव आईतवारबाट उच्च भएको हो । हामिलाई त रातभर निंद्रा पनि लाग्दैन कतिखेर वजारमा भेरी पस्ने भन्ने चिन्ताले पिरोलिरहेको बताउँछिन सदरमुकाम निवासी दिलमाया केसी ।
पुर्वी भागवाट पश्चिमतर्फ बगिरहेको भेरीनदिको स्वरुप हेर्दा पनि आङ्गै झसङ्ग हुने गरेको संचारकर्मी लेख बहादुर बुढाले बताए । भिरालो भएर बगिरहेको र भेरीको दुबै तर्फ दुनैवजार रहेकाले पनि जोखिम बढेको उनको भनाई छ । भेरीनदिलाई नै अतिक्रमण गरि भौतिक संरचना निर्माण गरिएकाले पनि सदरमुकाम दुनै थप जोखिममा छ ।
प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले एक्कासी दुई दिनमा भेरीनदिको बहाव उच्च रहेकोले पनि सर्वसाधारमा त्रास बढ्नु स्वभाविक भएको बताए । उनका अनुसार भेरीको बहाव बढेको छ दुनैवजारको तटीय क्षेत्रमा केहि कटान गरेको भएपनि खासै असर नगरेको तर बर्षात कमनभई अझै बढ्न गई नदिको बहाव झनै बढेर खतरा हुने देखिएको छ ।
दुनै बचाउ कार्यक्रम अन्र्तगत तिन वर्षअघि दुनै बजारको बीच भाग भएर बग्ने भेरीनदिको दुबै तर्फ मेसिनरी वाल निर्माण गरिएकाले जोखिम हुनवाट भने केहि बचाएको उनले बताए । भेरीको बहाव उच्च बढेसंगै प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० लाई स्वीकृत गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले विपद् तथा राहात सामाग्री डोल्पासम्म ढुवानी गर्ने गरी प्रत्येक नगरपालिकाले एक लाख रुपिंया र गाउँपालिकाले पचास हजारका दरले पाँलाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
विगतको तुलनामा यो वर्ष बर्षात बढि भएकाले बर्षातले विभिन्न धनजनको क्षती पुरयाउन सक्ने सम्भावनालाई मध्यनजर गरी सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहने निर्णय गरेको प्रजिअ जिल्ला समन्वय प्रमुख श्याम रोकायाले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले सदरमुकामा भेरीको बहाव बढेको र विपद् जतिखेर पनि आइपर्ने भएकाले भेरीको तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन प्रहरीले दिनको तिन पटक बजारमा माइकिङ्ग गरि सजग हुन आग्रह गरेको उनले बताए ।
फोटो क्याप्सन–भेरीनदिको उर्लर्दो बहाव र सदरमुकामा दुनै बजार ।