डोल्पा आउने विदेशी पर्यटकको संख्या दोब्बरले बृद्धि
Monday, August 14th, 2023, 5:32 pm
Kalpristha
विष्णु देवकोटा
डोल्पा , २९ साउन
पछिल्लो समय डोल्पा घुम्न आउने विदेशी पर्यटकहरुको संख्या विगतको तुलनामा दोब्बरले बृद्धि भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाका अनुसार गत आर्थिक वर्षको तुलनामा राष्ट्रिय निकुञ्ज वन क्षेत्र लगायत प्राकृतिक सम्पदाहरुको दृश्य अवओकन गर्न आउने संख्यामा दोब्बरले बृद्धि भएको हो ।
आर्थिक वर्ष ०७९–०८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला ८७ पुरुष गरि २ सय २ जना थिए । सार्क मुलकवाट ३ जना महिला १३ जना पुरुष गरि १६ जना घुम्न आएका थिए । यसैगरी अन्य विदेशी पाहुनाहरुमा १ सय ६९ जना महिला र २ सय ४९ गरेर ४ सय १८ जना गरि ३ हजार ७ सय ८२ जना पर्यटक डोल्पा घुम्न आएको निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नेपाली नगारिक सार्कमुलकका नागरिक र विदेशी नागरिकवाट प्रवेश शुल्क वापत १६ लाख १२ हजार आठसय रुपियाँ राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष ०७८–०७९ मा नेपाली १ सय ७३ सार्क मुलकका ३९ जना र अन्य विदेशी १ सय १७ गरेर ४ हजार ३ सय ७९ जना पर्यटकबाट ७ लाख पचासी हजार ६ सय मात्र राजश्व उठेको थियो । यो पर्यटक संख्या र राजश्व गत आवको भन्दा दोब्बरले बढि हो । निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुुल्क वापत प्रति ब्यक्ति १ सय रुपियाँ सार्क मुलुकका नागरिकवाट प्रति ब्यक्ति १ हजार पाँचसय रुपियाँ र अन्य विदेशी नागरिकबाट प्रति ब्यक्ति ३ हजारका दरले प्रवेश शुल्क उठाउने गर्छ ।
विगतका वर्षहरुमा जिल्ला प्रवेश गर्ने पर्यटकहरुको अभिलेख राख्ने कार्य ब्यवस्थित नभएकाले कुन देशका के–कति नागरिक डोल्पा भित्रिएका छन भन्ने एकिन तथ्याङ्कन थिएन । भर्खरै निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुलिगाडस्थित ब्यारेक नजिक भिमपुलमा सेना र निकुन्जको संयुक्त चेकजाँच काउन्टर (पोष्ट) स्थापना गरि एकिकृत अभिलेख राख्ने कार्य शुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रामवाण गुल्मका गुल्मपति ध्रव कार्कीले बताए ।

…………