अनुभवले खारिएका व्यवसायी टेक बहादुर
Thursday, August 17th, 2023, 11:08 pm
Kalpristha
बिक्रम बुढाक्षेत्री
नेपालगन्ज, ३२ साउन
नेपालगन्ज यतिखेर नजिकिँदै गरेको नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावले तातिएको छ । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्र रहेको नेपालगन्जमा उद्योग वाणिज्य संघको चुनावलाई अहमरुपमा हेरिन्छ । जहाँ नयाँ नेतृत्वका लागि यहि भदौ २ गते शनिबार चुनाव हुँदैछ ।

…………
चुनावमा बाजी मार्न यतिखेर उम्मेदवारहरु मतदाताको घरदैलो गरिरहेका छन् । यो पटकको चुनावका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट उप–महासचिवमा उम्मेदवारी दिएका टेकबहादुर खड्का बलिया उम्मेदवार रहेको धेरैको आकलन छ ।
खड्का नेपालगन्जका क्षेत्रका लागि एक परिचित नाम हो । विगत ३४ वर्षदेखि व्यवसायी पेसामा आवद्ध खड्काले नेपालगन्जमा टिएस ट्रेर्डस र शौरभ बिजनेश सेन्टर संचालन गरिरहेका छन् । उनी व्यवसायसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।
उप–महासचिवका उम्मेदवार खड्का नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य पनि हुन् । यसका अलवा उनी लायन्स क्लब अफ नेपालगन्जको कोषाध्यक्ष, जुत्ता चप्पल व्यवसायी संघ बाँकेको सल्लाहाकार, कर्णाली चिसापानी बजार व्यवस्थापन समितिको पूर्व उपाध्यक्ष, किशान बहुउद्देश्यीय सहकारी संस्थाको कोषाध्यक्ष र चुरे पर्यटकिय संरक्षण संस्थाको उपाध्यक्ष हुन् ।
यसपटक आफू विशुद्ध व्यावसायी रहेको र नेपालगन्ज उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको संघ बनाउँदै उनीहरुको हकहीतका लागि कार्ययोजनासहित अघि बढ्ने योजनासहित चुनावमा होमिएको खड्काले बताए । हालको अवस्थामा नेपालगन्ज उद्योग वाणिज्य संघप्रति व्यवसायीहरुको विश्वास घटेको खड्काले बताउँदै त्यसलाई स्थपित गर्न आफूहरु चुनावमा होमिएको बताए ।
खड्कालाई, तपाईहरुको नेतृत्वबाट नेपालगन्जका व्यवासायीहरुले के – के परिवर्तन पाउनेछन् ? भन्ने प्रश्नमा उनी भन्छन, ‘हामीहरु परिवर्तन गर्न कै लागि उद्योग वाणिज्य संघको कार्यसमितिमा जान चुनावमा होमिँदै छौं । हालको अवस्थामा सबैभन्दा पहिला नेपालगन्जका व्यवसायीलाई उद्योग वाणिज्य संघप्रति विश्वस्त बनाउनु छ । अर्काे कुरा सीमा नाकामा हुने चोरी पैठारीका विषयमा उद्योग वाणिज्य संघको नेतृत्वबाट सम्बन्धित निकायमा समन्वय गरेर हुन्छ की सहकार्य गरेर हुन्छ, त्यसको निराकारतर्फ जाने छौं । अहिले उद्योग वाणिज्य संघमा गाउँ घरबाट कृषि, पशुपालक किसानहरुलाई पनि लिएर सदस्यता वितरण गरिएको छ । यस्ता समस्यालाई हामीले पहिलो बैठकदेखि नै अन्त्य गर्न सुरु गर्ने छौैं ।’