सुधारको पक्षमा बोल्ने प्रमोदकुमार
Thursday, August 17th, 2023, 11:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३२ साउन
यतिखेर भदौं २ गते शनिबार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको रौनकले नेपालगन्ज तातिएको छ । चुनावमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ललित रौनियारको नेतृत्वमा सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन, प्रमोदकुमार अग्रवाल । अहिले उनी व्यवसायीका माझ चुस्त व्यवस्थापन र सुधार पक्षमा बोल्ने उम्मेदवारका रुपमा परिचित भएका छन ।
लामो समयदेखि व्यवसायी क्षेत्रमा सक्रिय प्रमोद उद्योग वाणिज्य संघमा देखिएका कमिकमजोरीलाई सुर्धार गर्दै नयाँ सोचका साथ अगाडी बढने उद्देश्यले लिएर चुनावी प्रतिस्पर्धामा छन् । उनी भन्छन, ‘अहिले उद्योग वाणिज्य संघमा यति धेरै बेतिथि बढेको छ कि नेपालगन्जका व्यवसायीहरुले किन भोट हाल्ने भन्ने समेत प्रतिक्रिया दिई रहेका छन । यहाँ चुनाव जित्न र कुर्सीमा बस्न जे–जे गर्न सकिन्छ, ती सबै कामहरु भई रहेका छन् ।’
प्रमोद नेपालगन्ज सहरलाई प्रमख व्यापारिक केन्द्रको रुपमा स्थापन गर्ने सम्भावना हुँदा हुँदै पनि त्यसतर्फ वर्तमान कार्यसमिति लागि नपरेको गुनासो गर्छन् । उनी आफू र आफ्नो प्यानलको प्रमुख एजेण्डा हरेक व्यवसायीले नेपालगन्ज उद्योग वाणिज्य संघलाई आफ्नो संस्था भनेर विश्वास दिलाउने रहेको बताउँछन् ।

………….
प्रमोदले नेपालगन्जमा प्रमोद ट्रेर्डस र भेरी ढुवानी सेवा संचालन गरिरहेका छन् । यसका अलवा उनी नेपालगन्ज किराना तथा खाद्य व्यावसायी संघको उपाध्यक्ष हुन् । साथै योग समिति नेपालगन्जको संयोजक, योग समिति नेपालगन्जको आजिवन सदस्य, योग प्रशिक्षक, योग अभियन्ता हुन भने सामाजिक सेवा गरेवापत विभिन्न संघ संस्थाबाट उनी सम्मानितसमेत भई सकेका छन् ।