मतदातामाझ लोकप्रिय उम्मेदवार बनेका मख्खन
Friday, August 18th, 2023, 3:17 pm
Kalpristha
युवा जोश जाँगर र उत्साहका साथ निर्वाचनमा होमिएका धामी युवा व्यवसायीहरुका लागि रोलमोडेल हुन् । उनले व्यवसायिक क्षेत्रमा छोटो अवधिमा निकैं सफलता हासिल गरेका छन ।
रजनी योगी
नेपालगन्ज, १ भदौं
शनिबार बिहानैदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । व्यवसायीको निर्वाचनले नेपालगन्ज यस क्षेत्र वरपरका पालिकाहरुमा निकै चहलपहल छ । उद्योगी–व्यवसायीको चुनावले नेपालगन्ज बजार तातिएको छ । पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जलाई आधुनिक ढंगले व्यवस्थित र फराकिलो बनाउने एजेण्डा सहित निर्वाचनमा होमिएका उम्मेदवार हुन् मख्खन धामी ।
युवा जोश जाँगर र उत्साहका साथ निर्वाचनमा होमिएका धामी युवा व्यवसायीहरुका लागि रोलमोडेल हुन् । उनले व्यवसायिक क्षेत्रमा छोटो अवधिमा निकैं सफलता हासिल गरेका छन्, जुन सहजै सबैले पाउन सक्दैनन् ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका मख्खन व्यवसायिकका हरेक समस्या र दुःखमा साथ रहने उम्मेदवार हुन् ।
प्रष्ट वक्ता, हक्की स्वभावका धामीले राजनिति हुँदै व्यवसायिक क्षेत्रमा सफलता हासिल गर्दै आएका छन् । उनी २० वर्षदेखि व्यवसायीक क्षेत्रमा छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा नवितम परिवर्तन गर्ने उनको उद्देश्य छ । त्यसका लागि आफु इमानदारिताका साथ लागिरहेको बताउँछन धामी ।
व्यवसायका क्षेत्रमा कति व्यवसायीलाई बेकिंग सम्बन्धि ज्ञान छैन, भन्सारमा हुने समस्याको ज्ञान छैन त्यो चेतना दिन संघले नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने धामीको तर्क छ । उनले विद्यार्थीकाल देखि राजनिती सुरु गरेका थिए । राजनितिपछि व्यवसाय सुरु गरेका धामी यस क्षेत्रमा पनि सफल व्यवसायीका रुपमा स्थापित छन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा उनको सक्रियता उस्तै छ ।
सामाजिक सेवा भावले प्रेरित हुँदैं धामीले विभिन्न संघ संस्थामा आबद्ध भएर ज्ञान हासिल गर्दै व्यवसायीक क्षेत्रमा सक्रिय छन् । उनले विगत २० वर्षदेखि मध्य र सुदुरपश्चिममा खाद्यान्नको थोक विक्रेता भएर काम गरिरहेका छन् । उनी युवाहरुलाई सकारात्मक उर्जा दिन चाहान्छन्, युवाले नेपालमै केही गर्नपर्छ भन्ने सन्देश प्रवाह गरिरहेका छन् । उनी भन्छन, ‘प्रत्येक युवा काम गर्नलाई सक्षम छन् । परिश्रम गरेपछि नेपालमै जताततै पैसा छ । तर अहिलेका युवाको रोजाईंमा विदेश परेकाले नेपालमा केही पनि छैन भन्ने मनोवृत्तीको म परिवर्तन गर्न चाहान्छु ।’
अहिलेका युवाहरुमा केही गरेर देखाउनुपर्छ भन्ने जोश र जाँगर हुनुपर्छ भन्ने उनको बुझाई छ । उनी भन्छन्, ‘व्यवसायमा सफल हुनलाई गलनशिता र ईमान्दारिता हुनुपर्छ । पैसा नै ठूलो कुरा हाईन श्रम र ईमान्दारिता ठूलो कुरा हो । कसैले म केही गर्छु भन्ने लक्ष्य राख्छ भने त्यसले सफलता हासिल गर्न सक्छ ।’
अहिले व्यवसायका माझ लोकप्रिय उम्मेदवार बनेका धामी भन्छन, ‘संसारको सबैभन्दा सुन्दर देश नेपाल हो । परिश्रम गरे जताततै पैसा पाउन सकिन्छ, काम सानो र ठूलो हुँदैन । जस्तो पनि व्यवसाय गरे पनि मिहिनेत र इमानदारिताका साथ काम गरे सफल हुन सकिन्छ ।’
धामी निकिता इन्टरप्राइजेज प्रालि, निकिता फुड प्याकेजिङ उद्योगको प्रबन्ध निर्देशक, खाद्यन्नको थोक विक्रेता, चामल चिनीको बिक्रेता हुन् ।

…………..

………….
व्यवसाय संगै उनी नेपालगन्ज वितरक संघको महासचिव,नेपालगन्ज खाद्य तथा किराना संघको कार्यसमिति सदस्य,लायन्स क्लब अफ नेपालगन्जको अध्यक्ष र सामुदायिक प्रहरी सेवा केन्द्र बाँके कार्यसमिति सदस्य लगायत विभिन्न क्षेत्रमा आबद्ध निरन्तर मानविय सेवामा लागिरहेका छन् ।