मतदाताको मन जित्दैं सुनिल
Friday, August 18th, 2023, 4:39 pm
Kalpristha
संघर्ष गरेर सफलता हासिल गर्दै आएका सुनिलले आम व्यवसायीले भोग्नु परेका समस्यालाई नजिकबाट चिनेका छन् । आफुले भोगेको समस्या र चुनौति अन्य व्यवसायीले भोग्नु नपरोस भन्ने चाहना छ सुनिलको । आफु र आफनो टिमले जितेर गएको खण्डमा व्यवसायीका समस्याहरुलाई समाधान गर्न इमानदारिताको साथ लाग्ने कुरामा उनी प्रतिवद्ध छन् ।
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १ भाद्र
नेपालगन्ज उद्योग बाणिज्य संघको चुनाव शनिबार हुँदैछ । संघको नेतृत्वमा कस्ता उम्मेदवारहरुलाई विजयी गराउने भन्ने अन्तिम निर्णयमा पुग्दैछन् मतदाता ।
चुनावी रौनकले नेपालगन्जलाई चलायमान बनाइरहेको बेला आम मतदातामाझ लोकप्रिय उम्मेदवारका रुपमा देखिएका छन् सुनिल भण्डारी ।
भण्डारीले ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
विगत १७ वर्ष देखि व्यवसायमा सक्रिय सुनिलको आइटी सोलुसन एण्ड अफिस सिस्टम सप्लायर्स र लक्ष्मी मिडिया प्रिन्र्टसका संचालक हुन् ।
संघर्ष गरेर सफलता हासिल गर्दै आएका सुनिलले आम व्यवसायीले भोग्नु परेका समस्यालाई नजिकबाट चिनेका छन् । आफुले भोगेको समस्या र चुनौति अन्य व्यवसायीले भोग्नु नपरोस भन्ने चाहना छ सुनिलको । आफु र आफनो टिमले जितेर गएको खण्डमा व्यवसायीका समस्याहरुलाई समाधान गर्न इमानदारिताको साथ लाग्नेमा उनी प्रतिवद्ध छन् ।
उद्योग खोल्न सजिलो भएता पनि प्रतिस्पर्धाको बजारमा संचालन गर्न कठिन रहेको र यहि कठिनाइलाइ चिर्न आफू लगायत आफ्नो पूरा टिम नै लागिपर्ने उनको भनाई छ । स्थानिय जनशक्ति पहिचान र जनशक्तिलाई निर्खान आवश्यक रहेको उनी बताउँछन । त्यसको निम्ती नयाँ रणनिती बनाई प्रभावकारी कार्य गर्ने योजना रहेको सुनिलले बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निवाच्नमा प्रजातान्त्रिक समुहको टिम विजयी भएको खण्डमा नेपाली जनशक्तिलाई प्रयोग गरि राष्ट्रलाई टेवा पुग्ने काम गर्ने उनले बताए । आफनो टिमले उद्योग बाणिज्य संघको उद्देश्य पूरा हुने किसिमले काम गर्ने बताउँछन सुनिल ।
कुनैपनि राजनितिक एजेन्डा बोकेर भन्दा पनि नितान्त व्यवसायीको हकहितका लागि लागि पर्ने उनको भनाई छ । २०४१ साल बैशाख १४ गते सल्यान बडाखोलामा जन्मिएका उनी नेपालगन्जमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । व्यवसायको क्षेत्रमा आफ्नो लागि मात्र नभई आफु जस्ता हरेक व्यवसायीको लागि सहज वातावरण सिर्जना गर्न आफ्नो टिम लागिपरेको उनको भनाई छ ।

………….
विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध सुनिलले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान गरिरहेका छन् । जसका कारण उनी विभिन्न संघ र संस्थाबाट सम्मानित पनि हुने गरेका छन् ।
सामुदायिक प्रहरी निःशुल्क परामर्स केन्द्रबाट सम्मानित भएका सुनिलले योग समिति बाँकेद्धारा कोभिड समयमा उत्कृष्ट काम गरेको भन्दैं सम्मान पाएका थिए । उनले बाँकेका आठै स्थानीय तहमा योग मार्फत योगदान गरिरहेका छन् । बिबिएस सम्मको अध्ययन गरेका उनले आफु लगायत आफ्नो समुहले जिते कार्य समितिलाई चलायमान बनाई राख्ने र कार्य समितिको काम कर्तब्य पुरा गर्ने बताए ।