सामाजिक सेवा भावबाट लोकप्रिय बनेका सफिक बेहना
Friday, August 18th, 2023, 6:53 pm
Kalpristha
राजनितिमा सफल बनेको तिनै सफिक अहिले आम उद्योगी व्यवसायीका समस्या र दुःखमा साथ दिदैं त्यसलाई समाधान गर्ने प्रतिवद्धताका साथ नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।
गोपाल बुढाक्षेत्री
नेपालगन्ज, १ भदौं
सफिक बेहना नेपालगन्जमा चर्चित राजनितिज्ञका रुपमा जनतामाझ लोकप्रिय छन् । डा. धवलशमसेर राणाको कार्यकालमा सफल र सक्षम वडा अध्यक्षको रुपमा मोहम्मद सफिक बेहना नाम अगाडी आउँछ ।
राजनितिमा सफल बनेको तिनै सफिक अहिले आम उद्योगी व्यवसायीका समस्या र दुःखमा साथ दिदैं त्यसलाई समाधान गर्ने प्रतिवद्धताका साथ नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको ललित रौनियारले नेतृत्व गरेको समुहबाट बेहना उद्योग तर्फ उपाध्यक्षको उम्मेदवार बनेका छन् । जुन टिममा एउटा सन्देश दिन खोजिएको छ, नेपालगन्ज एउटा सद्भाव र मित्रताको सहर हो । जहाँ हरेक धर्म, समुदाय र क्षेत्रका मानिसबिच गहिरो सामिप्यता छ ।
शनिबार हुने निर्वाचनमा उम्मेदवारहरु व्यस्त छन । मतदाता पनि नयाँ सम्भावना बोकेका सक्षम उम्मेदवार छान्न मन्थन गरिरहेका छन । आम मतदाताले कसलाई जिताउने भन्ने भन्ने बहस गरिरहेका बेला पहिलो रोजाईमा परेका उम्मेदवार हुन मोहम्मद सफिक बेहना ।
उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षताको लागि बेहना बलिया उम्मेदवार हुन् । बाँकेका व्यवसायीमाझ उनी अहिले लोकप्रिय अनि चर्चित व्यक्ति बनिसकेका छन् ।
युवा व्यवसायीका रुपमा चिनिने बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।
बेहनासहित उनको प्रजातान्त्रिक समुह नेतृत्वले संघभित्र भएको बेतिथिको अन्त गर्दै तिथि स्थापना गरी संकटपूर्ण अवस्थामा पुगेको व्यापार व्यवसायलाई पुरानो साखमा फर्काउनुका साथै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने पहल गर्ने प्रतिबद्धता रहेको छ । करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको बेहनाको पनि बुझाइ छ । कोरोनाकालपछि चोरी पैठारी दिनदिनै बढी रहेको सन्दर्भमा प्रविधिको प्रयोग गरेर चोरीपैठारी रोक्नुपर्ने उनको भनाइ छ ।
बेहना नेपालगन्ज उद्योग वाणिज्य संघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारिका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने, संघलाई साना, मझौला र ठूला सबै व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न, खास गरेर जिल्ला नगरका व्यावसायीका समस्या समाधान गर्न, मुलुकमा लगानीमैत्री वातावरण बनाउने मियोको रुपमा स्थापित गर्ने बताउँछन ।
बेहना समाजसेवामा उत्तिकै लोकप्रिय र आर्दश व्यक्तिका रुपमा चिनिन्छन ।
कोभिडको समयमा त उनले नगरका विभिन्न ठाउँमा गएर आफनो व्यक्तिगत लगानीमा थुप्रै काम गरेका छन । भेरी अस्पतालमा आउने बिरामीहरुको लागि आर्थिक सहयोग, अस्पतालमा आवश्यक प्रविधिको विकासमा उनले सक्दो सहयोग गरेका छन् । जसका कारण उनलाई भेरी अस्पतालले सम्मान समेत गरेको थियो ।
स्थानीय तहको अघिल्लो कायकालको जनप्रतिनिधिको रुपमा उत्कृष्ट काम गरेका बेहना आम मानिससँग घुलमिल हुन सक्ने, व्यवसायिका समस्याका बारेमा बुझन सक्ने, समस्या समाधानका निमित्त पहल तथा पैरवी गरी समस्या समाधान गर्न सक्ने सफल र उत्कृष्ट नेताको रुपमा स्थापित भएका छन् ।
उनी राजनितिक मात्रै होईन खेल क्षेत्रमा पनि अब्बल नै मानिन्छन् । बेहना कबड्डी खेलका राष्ट्रिय खेलाडी हुन् । उनले कोभिडको समयमा व्यक्तिगत लगानीमा फिल्डमै खटिएर जनताको सेवा गरेका थिए । उनले नेसनल सप्लार्यस एन्ड एसएमजी फुड प्याकेजिङ्ग स्थापना गरि २०६१ साल देखि व्यवसाय सुरु गरेका थिए । उनी राजनितिक र व्यावसायीक क्षेत्रमा मात्रै होईन सामाजिक क्षेत्रमा पनि अगाडी नै छन् ।

…………….
उनी अरुको सेवामा सधैं तल्लिन देखिन्छन् । उनले कोरोनाको समयमा अहोरात्र खटिएर जनताको सेवा गरेका थिए । उनको सेवा र कामबाट जनता प्रभाविवत भएका थिए । कोरोना माहामारिको समयमा उत्कृष्ट काम गरेवापत भेरी अस्पतालबाट सम्मानित भएका थिए भने, अन्य विभिन्न सामाजिक संघ संस्थाबाट पनि पुरस्कृत भईसकेका छन् ।