अनुभव र क्षमताले परिपक्क उम्मेदवार टंकप्रसाद शर्मा
Friday, August 18th, 2023, 7:36 pm
Kalpristha
व्यवसायिक क्षमता र अनुभवका कारण बलियो उम्मेदवारका रुपमा चिनिएका छन महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्मा । अनुभवले खारिएका टंक पुरानो पुस्ताको अनुभवलाई सदुपयोग गर्दै नयाँ पुस्ताको जोस र उत्साहलाई साथमा लिएर अगाडी बढन सक्ने उम्मेदवार हुन् ।
भिष्म लोध
नेपालगन्ज, १ भदौं
व्यवसायिक सफलता अनि अनुभवले पुर्ण उम्मेदवार हुन टंक प्रसाद शर्मा । लामो समय सरकारी सेवामा बिताएका शर्मा व्यवसायिक रुपमा सफल उद्यमीका रुपमा परिचित छन् ।
यही दक्षताका कारण नै उनी बाँकेको बिभिन्न व्यवसायिक संगठनको कुशल नेतृत्वका चर्चित छन् । अनुभव र उमेरले परिपक्क व्यवसायिक लिडर हुन शर्मा ।
यही व्यवसायिक क्षमता र अनुभवका कारण बलियो उम्मेदवारका रुपमा चिनिएका छन महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्मा ।
अनुभवले खारिएका टंक पुरानो पुस्ताको अनुभवलाई सदुपयोग गर्दै नयाँ पुस्ताको जोस र उत्साहलाई साथमा लिएर अगाडी बढन सक्ने उम्मेदवार हुन् ।
संस्थाको मर्म र भावनालाई आत्मसाथ गर्दै पक्ष विपक्षी नभनी नेतृत्व गर्न सक्ने सरल र निष्ठानका कारण उनलाई साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले महासचिव पदको उम्मेदवार बनाएको छ ।
भनिन्छ, व्यक्तिमा जब क्षमता भरिएको हुन्छ, त्यसबेला कसैले अवसर दिइरहनु पर्दैन, अवसरहरु आफै बनेर आउँदा रहेछन् । हो यस्तै यस्तै कुराले भरिएको पात्र हुन शर्मा, उनको दक्षता, क्षमताले नै अवसरले पिछा गरिरहेको छ ।
सरकारी सेवाको अवकाशपछि २०५९ सालदेखि व्यवसाय सुरु गरेका थिए । जडिबुटीको ब्यवसाय उनले गायत्री ट्रेड सेन्टर नामक फर्मबाट शुरु गरेर व्यवसायको क्षेत्रमा नयाँ पाईला चाले ।
व्यवसायिक यात्रामा निरन्तर अघि बढ्दै नेपालगन्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउजिङ्ग प्रालिको संचालक हुँदैं जुडिबुटी व्यवसायको क्षेत्रमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका छन् ।
बुबा गगाराम शर्मा र आमा बालमती शर्माका जेठो छोराको रुपमा शर्माको मिति २०१९ असोज १० गते, सल्यानको दमाहचौरमा उनको जन्म भएको थियो । शर्माका तीन छोरा छन् भने तीमध्ये दुई छोरा लन्डनमा सिए र स्वास्थ्य क्षेत्रमा कार्यरत छन् र एक छोरा सिभिल इन्जिनियर छन् ।
यति सबै भइसकेपछि शर्मालाई अब केवल आफुले नेतृत्व गर्ने संगठन शुद्ध र बेथितिमुक्त होस भन्ने मात्र चाहना राख्छन् । मिहिनत र लगनशील भयो भने जुनसुकै काममा पनि सफल हुन सक्ने उनको अनुभव छ ।
युवाहरुको सहभागिता र उपस्थितिमा व्यवसायिक संस्थाको उत्थानको लागि संगै हातेमालो गर्न सकिन्छ भन्ने तर्क राख्छन शर्मा । नयाँ सोचका साथ अघि बढ्नुपर्छ, र अहिलेको नेतृत्वमा पनि त्यही कुरा आवश्यक पनि छ ।
संघको सदस्य भएको अवस्थामा हालसम्म देखिएको समस्या पहिचान भइसकेको हुँदा यसको समाधान वा निराकरणको लागि अब सजिलै अघि बढ्न सकिन्छ । शर्मा भन्छन, ‘हालसम्म सदस्य पदमा हुँदा समस्याको पहिचान भयो । अब त्यसको समाधान खोज्नेको लागि म महासचिव पदमा उम्मेदवार बनेको छु ।
व्यापारीहरुको समस्या समाधान गर्दै व्यवसायलाई चलायमान बनाउने काम म गर्छु । समस्याहरुलाई सबैको सहभागितामा समाधानको लागि नेतृत्व गर्न सक्छु भन्ने भएकाले म यो पदको लागि योग्य भएको आफुलाई ठान्दछु ।’
श्र्मा भन्छन, ‘व्यापारीहरुमा अनुरोध के हुन सक्छ भने, सबैले आफ्नो विवेकको प्रयोग गर्ने नै छन् तर त्यसमा कुन प्यानलबाट को कस्ता योग्य उम्मेदवार छन् सोको पहिचान गर्न एकदमै जरुरी रहेको छ । त्यसैले साझा प्रजातान्त्रिक उद्योग िव्यसायी समूहका सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दछु ।’
शर्माले नेतृत्व गरेको संस्थाले अहिलेसम्म कुनै प्रकारको लान्छनाको आरोप खेपेको छैन । सामाजिक आवद्धता अन्तर्गत शर्मा तीन कार्यकाल नेपाल जडीबुटी व्यवसायी संघको केन्द्रीय महासचिव र हाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
बेदाग भनेर चिनिने शर्मा यससंगै लायन्स क्लब अफ नेपालगन्ज २०२२–२०२३ को अध्यक्ष तथा हाल जे.शर्मा मेडिकलको संरक्षक हुन । व्यवसायी माझ अन्तराष्ट्रिय अनुभव धेरै भएका उम्मेदवार हुन शर्मा । उनले बेलायत, स्विटजरल्यान्ड, जर्मन, इन्डोनेसिया, हलेण्ड, मलेसिया, चीन, भारत र भुटानको भ्रमण गरिसकेका छन् ।