खड्काको हाइकु सङग्रह ‘वाटिका’ विमोचन
Saturday, August 19th, 2023, 5:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २ भदौं
छविलाल खड्काको हाइकु सङग्रह ‘वाटिका’ विमोचन भएकोछ । खड्काको यो चौथो कृति हो । यसभन्दा पहिला उनका सहिदको सन्देश लघुकाव्य २०४९ सालमा, बिरौटो साईनो सङग्रह २०७७, आर्शीवाद लघुकथा सङग्रह २०७८ प्रकाशित भएका छन् । शनिबार बिमोचन गरिएको कृति नेपाल हाइकु केन्द्र(नेहा) बाँकेले प्रकाशन गरेको हो ।
शनिबार एक कार्यक्रमका बिच नेपाल हाइकु केन्द्र बाँकेका अध्यक्ष बद्री ढकाल ‘हिरामणी’ले लगागत कार्यक्रमका अतिथिहरुले संयुक्त रुपमा हाइकु सङग्रह ‘वाटिका’ को विमोचन गरेका थिए ।
बिमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष श्री कपिल अन्जान, बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दान बहादुर हमाल, नेपाल हाइकु केन्द्र बर्दियाका अध्यक्ष हरिप्रसाद त्रिपाठी, ग्रिनपिस माविका संस्थापक बिएल भारती, सागर गैरे, पुष्कर रिजाल, सुमित्रा न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

…………..
गजलकार नमिता बरालले संचालन गरेको कार्यक्रममा कृतिको समीक्षा बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक खोपिराम अोलीले गरेका थिए । उक्त समारोहमा विभिन्न स्रष्टाहरुले रचना वाचन समेत गरिएको थियो । कार्यक्रम ग्रिनपिस मावि चपरगौढी, कोहलपुरको प्राङ्गणमा भएको थियो ।

………..