बिहान ८ बजेदेखि मतगणना सुरु हुने
Saturday, August 19th, 2023, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ भदौं
शनिबार बेलुका सम्पन्न भएको नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनको मतगणना आइतबार बिहानदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ८ बजे देखि मतगणना कार्य सुरु हुने तयारी भैरहेको छ । शनिबार भएको संघको निर्वाचनमा ४ हजार १ सय ३२ मत खसेको छ ।
नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा भएको निर्वाचनमा ४ हजार ९ सय ३१ मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा ७ सय ९९ मतदाताले निर्वाचनमा सहभागिता जनाएनन् । यस पटकको निर्वाचनमा साझा प्रजातान्त्रिक प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह ललित रौनियारको नेतृत्वमा र टंक धामीको नेतृत्वमा समावेशी प्यानलले निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।
साझा प्रजातान्त्रिक समुहमा नेपाली कांग्रेस, एकिकृत समाजवादी, राप्रपा नेपाल, स्वतन्त्र पार्टी समर्थक व्यवसायिहरु मिलेर समुह बनेको छ । साझा प्रजातान्त्रिक समुहबाट अध्यक्षमा ललित रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा सफिक बेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उप–महासचिवमा टेक बहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामीमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसैगरी उक्त समुहको सदस्यहरुमा शिव प्रसाद दाहाल, सन्तोष कुमार पौडेल, बल बहादुर विष्ट ‘बबी’, विवेक कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता हल्वाई ‘भाईजी’ रहेका छन् ।
साझा प्रजातान्त्रिक समुहबाट एशोसिएट सदस्यमा प्रदीप कुमार गुप्ता, पुरुषोत्तम अग्रवाल, सम्बद्ध वस्तुगत तर्फको सदस्यमा हिमनाथ पौडेल र विनय श्रेष्ठ रहेका छन् । यसैगरी समावेशी प्यानलको वाणिज्य तर्फको उपाध्यक्षमा हरिलाल न्यौपाने, उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उप–महासचिवमा मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दीन जसगढले निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् ।
यसैगरी समावेशी प्यानलको सदस्यहरुमा इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धि बहादुर विके, सुदन केसी, शिवराज कुर्मी, धमेन्द्र ठटेर, टीकामणि उपाध्याय, डम्बर बहादुर चन्द, जमालुद्दीन अन्सारी रहेका छन् ।
समावेशीको तर्फबाट एशोसियट सदस्यमा सञ्जय कुमार अग्रवाल, कमल कुमार कार्की, सम्बद्ध सदस्यमा फणाधर भण्डारीले प्रतिस्पर्धा गरेका छन् ।