बिचमै पढाई छाड्छन् चिडीमार बालबालिका
Tuesday, August 29th, 2023, 6:21 pm
Kalpristha
समुदायका अगुवा हौसीलाल चिडिमार चिडिमारका बालबालिकाले पढाई छोड्नुको मुख्य कारण आर्थिक अभाव नै मान्छन् । उनको भनाई अनुसार, थोरै पढेर रोजगारी पाउदैनन् । पढ्न पठायो, घरखर्च चल्दैन । अनि काममा लाउँछन् ।
सुकराम चिडीमार
नेपालगन्ज, १२ भदौं
निलो सर्ट, कालो पाइन्ट, दुई चुल्ठी बाटेर, झोला भिरेर एक किशोरी विद्यालय गई रहेको दृश्य देखीरहदा दयावन्ती चिडिमारले आफनो विगत सम्झीइन् । १६ वर्ष अघि उनी पनि यस्तै गरि विद्यालय ड्रेस सजिएर पढन जान्थीन्, तर दुर्भाग्य अहिले उनी त्यो दिन सम्झीने बाहेक केही गर्न सक्ने स्थितीमा छैनिन् । नेपालगञ्ज– १२ निवासी दयावन्तीको मानसपटलमा विगत घुमिरहन्छ ।
एक दिन उनी स्कूलबाट घर फर्कीरहेका बेला मान्छेको भिड देखिन् । के रहेछ ? किन भिड लागेको रहेछ भन्ने उत्सुकताबीच थाहा पाइन्, उनको त बिहेको कुरा पो भइरहेको रहेछ । त्यतिबेला उनि १६ वर्ष लाग्दै थिइन् । उनको बुवाले विवाहको निर्णय गरिसकेका थिए । कोहलपुर– १४ पे्रमनगरका बाबु चिडिमारसँंग विवाह पक्का भइसकेको रहेछ । जसको विवाह हुँदैछ, उसलाई भने कुनै सोधपुछ, जानकारी सम्म छैन । विहेको निर्णय भइसकेको सुन्दा दयावन्तीलाई भने चक्कर आउला झंै भएको थियो । त्यतिबेला उनी बागेश्वरी आधारभूत विद्यालय कक्षा– ५ पढदै थिइन् । पढाईमा रुची राख्ने उनले पढाईलाई निरन्तरता दिन भने सकिनन् । अहिले उनि ३४ वर्षकी भईन् तर पनि उनी स्कुले जीवन सम्झीरहन्छिन् । दयावन्ती अहिले घरायसी काममै व्यस्त छिन् । सानैमा विहे गरिदिएपछि बीचमै पढाई छाडनु परेको उनको गुनासो छ ।
नेपालगन्ज–१२ निवासी सुनिता चिडिमारको कथा पनि यस्तै छ । सुनिता अहिले ३५ वर्षकी भईन । उनको पनि सानैमा विहे गरिदिएपछि पढ्ने इच्छा अधुरै रह्यो । उनको आफनै टोलका विक्रम चिडिमारसँग विवाह भएको हो । कक्षा ८ सम्म पढेकी सुनिता लामो समय घरबार सम्हाल्नैमै व्यस्त रहिन् तर विस्तारै वडा कार्यालयको कार्यक्रम, टोल विकास समितिमा जान थाले पछि फेरी उनलाई पढ्नु पर्छ भन्ने भावना जागृत भएर पढ्ने आँट गरिन् । २०७९ सालको एसई पास गरेर उनि अहिले नारायण माविमा कक्षा ११ अध्यनरित छिन् ।
दयावन्ती र सुनिता जस्तै चिडीमार समुदायका थुपै्र बालबालिकाहरुले बीचमै पढाई छाडने गरेका छन् । सानैमा काममा लगाईदिने, विहे गरिदिने गरिएपछि चिडिमार समुदायका बालबालिकाले पढाईलाई पुरा गर्न नसकेका हुन् । चिडीमारहरुको ठुलो संख्या नेपालगञ्ज उपमहानगर पालिका वडा नं. १२ मा रहेको छ । कोहलपुर नगरपालिका –१४ हवल्दारपुर, १५ को प्रेमपुर, जानकी गाउँ पालिका वडा.न. ३ को करमोहनामा पनि चिडिमार समुदायको बस्ती रहेको छ । जिल्लाभर १५ सय जनसंख्या छ । चिडिमार समुदायमा ४ पुस्ता देखि चरा मारेर जीवन चलाउँदै आएका थिए । तर अब त्यो अवस्था रहेन । अन्य काम, व्यवसाय गरेर जीवन गुजारा गरिरहेको छन् ।
बीचमा स्कूल छोडेर घर बसेकी ३० वर्षे लक्ष्मी चिडिमार आफ्नो अनुभव यसरी सुनाउँछिन् –‘घरमा ५ दाजुभाई थियौं । अरुलाई पढन पठाउनु पर्छ भनेर मैले पढन पाइन् ।’ बुवाको कमाईले नपुग्ने हुनाले आफु नपढेपनि भाई बहिनीलाई पढाउनु पर्छ भन्ने सोचले गर्दा पढाई छोडेको उनी बताउँछिन । अहिले उनको दुई छोरा एक छोरी छन् । आफ्नो सानो व्यापार गरेर बसेकी छिन् । रामदिन चिडीमारले कक्षा ५ मै पढदा पढदै विद्यालय छोडे । उनी जेठो छोरा हुन् । पढने रहर पनि थियो तर बुवा काम गर्न नजाने, भाई बहिनीको पालन पोषणमा पनि ध्यान नदिने भएपछि रामदिनलाई नै काममा लाग्नु पर्ने बाध्यता आइलाग्यो ।
३० वर्षे रामदिन अहिले खाद्य सामाग्री बेचेर गुजारा चलाईरहेका छन् । यस्तै बजरंगी चिडिमारले पनि बीचमै पढाई छाडे । साथीको संगतले लागु औषध प्रयोग गर्ने थालेपछि उनले पढाईलाई अगाडि बढाउन सकेनन् । उनले कक्षा ३ सम्म मात्र पढे । ३३ वर्षीय बजरंगी साथीको संगत अनि लागु औषधको लतले पढाई बिग्रेको बताउँछन् । उनी अहिले विदेशमा विगत ६ वर्षदेखि काम गर्दै आएका छन् । आफु जस्तो चिडिमार समुदायका बच्चाहरु लागु औषधमा नलागुन भन्ने उनी सुझाव दिन्छन् ।

………………
समुदायका अगुवा हौसीलाल चिडिमार चिडिमारका बालबालिकाले पढाई छोड्नुको मुख्य कारण आर्थिक अभाव नै मान्छन् । उनको भनाई अनुसार, थोरै पढेर रोजगारी पाउदैनन् । पढ्न पठायो, घरखर्च चल्दैन । अनि काममा लाउँछन् ।
नेपालगञ्ज वडा नम्बर १२ कि महिला वडा सदस्य चन्दा चिडिमारको तर्क फरक छ । चिडीमारका बालबालिकाले पढे पनि सरकारी जागिर नपाएको र छोरीलाई धेरै पढाए पछि विवाह गर्ने केटा पाइन्न भन्ने मानसिकताले पनि बुवा आमाले बिचमा पढाई छुटाउने गरेको उनले बताईन् । उनी २०७४ र २०७९ बाट निर्वाचित वडा सदस्य हुन् ।
सानैमा गरिने विवाहकै कारण बिचमै पढाई छाडनेहरुको संख्या कम छैन् तर त्यसको लेखा जोखा कसले राख्ने ? आधिकारिक रेकर्ड पनि देखिदैन । तर वडा कार्यालयकै पहलमा बालविवाहमुक्त वडा भने घोषणा गरिएको छ । जसकाकारण अहिले बालविवाह घटेको दाबी छ ।
अभिभावकले शिक्षाको महत्व नबुझेकै कारण चिडिमार समुदायका बालबालिकाहरुले स्कूल छोड्ने गरेको चिडिमारका अगुवाहरुले बताएका छन् । बहेलिया चिडीमार विकास मञ्चका संस्थापक अध्यक्ष विष्णु चिडीमार पढ्न पठाएर तुरुन्त पैंसा नआउने भएपछि पढाउन मन नगर्ने प्रवृति रहेको स्वीकार्छन् । विद्यालय छोडनुको कारण बारे विष्णु भन्छन्, ‘पहिले सबैको जग्गाहरु धेरै हुन्थ्यो, खेतबारीमा काम गर्नु पथ्र्यो । विद्यालय गएसी काम कसले गरिदिने ? त्यसकाकारण पनि बीचमै विद्यालय छुटाउने गर्थे ।’
बागेश्वरी आधारभूत स्कूल प्राध्यापक सरिता खड्का श्रेष्ठका अनुसार विद्यालयमा अध्यनरत दुई सय ६८ मध्ये एक सय ९० विद्यार्थी चिडिमार समुदायका छन् । त्यस मध्ये पनि पुरा पढाई गर्नेहरुको संख्या घट्दै जान्छ ।
आमा बुवाले भेदभाव गर्नाले पनि पढाई छाडेको हुन सक्ने प्राधानाध्यापकको भनाई छ । छोरालाई प्राइवेट स्कुल अनि छोरीलाई सरकारी स्कूलमा पढाउने गरिदिनाले पनि छोरीहरुले पढाई छाडेको खड्काको तर्क छ । अभिभावकलाई लक्षित गरेर शिक्षामा सचेतना फैलाउन आवश्यक्ता रहेको उनको सुझाव छ ।
बहेलिया चिडिमार विकास मंचका अध्यक्ष रामु चिडिमार घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाई छाडनु पर्ने अवस्था आएको दाबी गर्छन् । घरमा बुवा आमा शिक्षित नभएको, अधिकांस घरमुली रक्सी खाने, काम नगर्ने हुनाले पढिरहेका बच्चाहरुले बीचमै पढाई छाडेर काम खोज्नु पर्ने अवस्था आइरहेको उनको भनाई छ ।
पुर्व शिक्षक तथा समाजसेवी निभा सापकोटा लम्साल पढेर सरकारी जागिर नपाउने तर सीपमुलक तालिम सिकेर काम र पैंसा दुबै पाउने भएपछि अधिकांसमा धेरै पढन हुन्न भन्ने भावना पैदा भएको बताउँछन् । अभिभावक हरिभजन चिडिमारको भनाई भने अलि भिन्न छ । घरबाट स्कूल जाने भनेर निस्कीने तर साथीको लहलहैमा लागेर लागुऔषधको प्रयोग गर्ने गरिरहेको पनि पाइएको उनको दाबी छ ।
लागु औषध प्रयोग गर्न सिमापारी जाने गरेको र पढाई बीचमै अलपत्र पारेको उनको अनुभव छ । नेपालगञ्ज उपमहानगर पालिकाका शिक्षा प्रमुख गोरख थापा चिडिमार समुदायका बालबालिकाले बिचमा स्कुल नछोडुन भनेर छात्रावृत्तिको व्यवस्था गरेको बताउँछन् । पढाई छाडेका किशोरलाई निःशुल्क तालिम संचालन गरेर आयआर्जनको बाटोमा डो¥याइएको छ । छात्रावृति पछि पढाई छाड्नेको संख्या घटदै गएको शिक्षा प्रमुखको दावी छ ।