वृहत खजुरा तिज महोत्सव हुदैं
Tuesday, August 29th, 2023, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौं
हरेक वर्ष झै यसपटक पनि खजुरा क्षेत्र संरक्षण समितिले वृहत खजुरा तिज महोत्सव गर्ने भएको छ । महोत्सवलाई सफलता पुर्वक आयोजना गर्नको लागि समितिले तयारी समेत सुरु गरेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष एवम् वृहत खजुरा तिज महोत्सव मुल समिति संयोजक प्रेम बहादुर बुढाथोकीले बताए ।
बाँकेको ऐतिहासिक र सुन्दर नगरी खजुराको पहिचानलाई बढाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले बताएको छ । महोत्सवलाई भव्य रुपमा आयोजना गर्न समितिको मंगलबार बसेको बैठकले विभिन्न समिति बनाएर तयारी अगाडी बढाउने निर्णय गरेको छ ।
वृहत खजुरा तिज महोत्सव आयोजनाको मुल समिति संयोजकमा समितिका अध्यक्ष बुढाथोकी, आर्थिक संयोजकमा राजु भुजुवा, स्वयमसेवक संयोजकमा नारायण गिरीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी स्वास्थ्य संयोजकमा दिपक ढकाल, मञ्च व्यवस्थापन संयोजकमा रोसन सापकोटा, प्रचार प्रसार संयोजकमा तेजेन्द्र कुमार विक, सांस्कृतिक संयोजकमा खगेन्द्र सिंह ठकुरी, लाखेनाँच संयोजकमा शिवराज श्रेष्ठ रहेका छन् । अतिथी सत्कार संयोजकमा नन्दाकलि कँडेल खरेल, मिडिया पार्टनरमा कालपृष्ठ दैनिक, खबरकुरा डटकम र कृष्णसार एफएम रहेका छन् ।