प्रहरी दिवसको अवसरमा बाँकेमा प्रहरीको विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम
Thursday, October 12th, 2023, 5:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ असोज
६८ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज रक्तदान कार्यक्रम गरिएको छ । बाँकेमा रगत अभाव देखिएपछि प्रहरीले दिवसको अवसर पारेर रक्तदान गरेर रगत संकलन गर्ने कार्यको सुरुआत गरेको हो । बिहीबार अस्पताल परिसरमै रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलन गरिएको हो ।
रक्तदान जीवनदान भएकाले मानवियता बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको प्रदेश अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिन कुमार श्रेष्ठले बताए । उनले भने, ‘समाजमा अरुलाई पनि हौसला होस भनेर प्रहरीको प्रयास सन्देश दिनको लागि यो कार्यक्रममो आयोजना गरेका हौं ।’ रक्तदान कार्यक्रममा ३७ जना प्रहरीले रक्तदान गरेका छन् ।
रक्तदानका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्ज बाँकेले गरेको थियो । प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

…………….
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्ज, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, हाल नेपालगन्ज बाँके, त्यसैगरी लुम्बिनी प्रदेश प्रहरीगण खजुरा बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरीले पनि रक्तदान गरेका थिए ।

……………….
तस्विर सौजन्यः रुपनी जिएम