नेपालगन्जमा डिजिटल क्यापसिटी विल्डिङ ट्रेनिङ सूरु
Sunday, December 10th, 2023, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ मंसिर
जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत आइतबार देखि नेपालगन्जमा ‘डिजिटल क्यापसिटी विल्डिङ ट्रेनिङ’ अर्थात प्राविधिक क्षमता अभिवृद्धि तालिम सूरु भएको छ । नेपाल एशोसियसशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा बाँके च्याप्टर) आयोजनामा सुरु भएको तालिममा बाँकेका पर्यटनकर्मीहरुको सहभागिता रहेको छ । तालिममा विभिन्न प्रतिष्ठानहरुमा आवद्ध जनशंक्तिहरुको उत्साह जनक रुपमा सहभागिता रहेको आयोजकले जनाएको छ ।
तालिममा बाँकेका ट्राभल्स एजेन्सी, होम स्टे, साना तथा ठुला होटलका जनशंक्ति, पर्यटनका बारेमा अध्ययन गरिरहेका विद्यार्थी, होटल व्यवस्थापका विद्यार्थी गरी ३३ जनाको सहभागिता रहेको नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । पाँच दिने तालिमको आइतबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै मेयर विष्टले पश्चिम नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपुर्ण योगदान रहेको भन्दैं यस क्षेत्रलाई व्यवसायिक बनाउन यस्ता तालिम महत्वपुर्ण हुने बताए ।
………….
नाटा बाँके च्याप्टर अध्यक्ष सिग्देलले पर्यटनका क्षेत्रमा काम गरिरहेका जनशंक्तिलाई क्षमतावान बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । नेपालगन्ज धम्बोझी स्थित होटल सिटी प्यालेसमा सुरु भएको तालिमको उद्घाटन अवसरमा नेपाल एशोसियसशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्सका केन्द्रिय महासचिव कुमार थपलिया, तालिम संयोजक युविका भण्डारी, राजनितिकर्मी सुदिप भंट, मिन बहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो । उद्घाटनको अवसरमा नाटा बाँके च्याप्टरका उपाध्यक्ष डिल्ली रेग्मीले स्वागत मन्त्वय राखेका थिए भने केन्द्रिय महासचिव थपलियाले तालिमको उद्देश्यको बारेमा जानकारी गराएका थिए ।