जानकीमा निस्सा वितरण सुरु
Tuesday, December 12th, 2023, 6:34 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, २६ मंसिर
बाँकेको जानकी गाउँपालिकामा भूमिहिन, दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम शुरु भएको छ ।
मंगलबारदेखि जानकी गाउँपालिका वडा नम्वर ६ देखि भूमिहिन ,दलित, भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम शुरु गरिएको हो ।
निस्सा वितरण कार्यक्रममा बोल्दै जिल्ला भुमी आयोगका सदस्य एवम् विज्ञ अशोक पोखरेले भूमिहिन, दलित, भूमिहिन सुकुम्वासी जो जसरी बसिराखेका छन् उनिहरुलाई नेपाल सरकारले तोकेको कानुनी मापदन्ड कानुनी प्रकृया पुरा गरेर जग्गाधनी पुर्जा वितरण गर्ने नेपाल सरकारले महाअभियान चलाएको बताए । साथै सोही अनुरुप जानकीमा पनि निस्सा वितरण कार्यक्रम शुरु गरिएको उनले आफनो धारणा व्यक्त गरे ।
कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिस प्रसाद हरिजनले पहिला जसरी जन्मसिद्द नागरिकता पाईन्थ्यो त्यस्तै प्रकारले निस्सा वितरणको काम पनि काम हुने बताए । गणकहरु पनि वडा वडामा परिचालित गरिएको बताउँदै जिल्ला सुकुम्वासी भुमी आयोगसँग समन्वय गरेर निस्सा वितरण गरिएको वडा अध्यक्ष हरिजनले बताए ।
साथै निकट भविस्यमै नाप नक्सा गरि जो जसले जती जमिन लिई बसेका छन उनिहरुलाई त्यसमै व्यवस्थापन गर्ने उनले बताए । निस्सा वितरण पहिलाको सरकारले प्रयास मात्र गरेको र अहिलेको सरकारले आफनो कार्यकालमा पुरा गर्ने वडा अध्यक्ष जगदिस प्रसाद हरिजनले प्रतिवद्दता व्यक्त गरे ।
त्यसैगरेर कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिकामा क्षेत्रमा जतिपनि भूमिहिन,दलित ,भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरि बसेकाहरुलाई गाउँपालिकाको पुरै टिम लालपुर्जा मिलोस भनेर प्रयासमा लागेको बताए । साथै जो जसले जती जमिन लिई बसेका छन्, उनिहरु सबैलाई लालपुर्जा मिल्नुपर्छ भन्ने आफनो सोंच भएको रहेको धारणा व्यक्त गरे ।
वडा सचिव सम्राट सिँह ठकुरीले सन्चालन गरेको उक्त कार्यक्रम वडा नम्वर ६ का अध्यक्ष जगदिस प्रसाद हरिजनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यक्रममा जिल्ला भुमी आयोगका सदस्य मिना सिक्देल, जानकी गाउँपालिकाका भुमी आयोग शाखाका सम्पुर्ण कर्मचारी, स्थानिय जनताहरुको सहभागिता रहेको थियो ।