एचआइभी क्षेत्रमा काम गर्ने सरोकारवालाको समन्वय बैठक सम्पन्न
Wednesday, December 13th, 2023, 7:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २७ मंसिर
बाँकेमा एचआइभी क्षेत्रमा काम गरिरहेका सरोकारवाला निकायहरुको जिल्ला स्तरीय समन्वय बैठक बुधबार नेपालगन्जमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको बैठकमा बाँकेका ८ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, एचआइभी एड्सको क्षेत्रमा काम गरिरहेको संघ–संस्था, स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
इपिक परियोजना आयोजना गरिएको बैठकमा युएसआइडी, इपिक नेपाल, एनसार्क, पश्चिम तारा नेपाल लगायतको सहयोग रहेको थियो ।
समन्वय बैठकमा एचआइभी संक्रमित तथा उच्च जोखिममा भएका समुहरुलाई व्यवहार परिवर्तनका लागि सरोकारवालासँग सहकार्यका लागि छलफल गरिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उप–प्रमुख सीता कार्की, नेपालगन्ज उप–महानगरपालिका उप–प्रमुख कमरुद्धीन राई, २० नम्बर वडा अध्यक्ष कौशल धोवीको सहभागिता रहेको थियो ।
३५ जनाको सहभागिता रहेको समन्वय बैठकमा पश्चिम तारा नेपालको कार्यक्रम संयोजक परिना चौधरीले स्वागत मन्त्वय राखेकी थिईन् ।