छोडिए २ सय १ ई–रिक्सा
Wednesday, December 13th, 2023, 7:45 pm
Kalpristha
आवश्यक कागजात लिएर आएपछि फिर्ता गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको नियन्त्रणमा अझै १ सय ९६ इ–रिक्सा रहेका छन् ।
अस्थायी सवारी चालक अनुमति पत्र र दर्ता बिना चलेका इ–रिक्सालाई मंसिर १९ गते देखि कारबाही गर्न सुरु गरिएको थियो । पहिलो दिन १ सय ३३ इ–रिक्सा कारबाहीमा परेका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ मंसिर
आवश्यक कागजात लिएर आएपछि कारबाहीमा परेका २ सय १ इ–रिक्सालाई नेपालगन्ज उप–महानगरपालिकाले छोडेको छ । नगरभित्र कागजात बिना चलेको ई–रिक्सालाई पछिल्लो समय नेपालगन्ज उप–महानगरपालिकाले कारबाही गर्न सुरु गरेको छ ।
जसअन्तर्गत पाँच दिन चेकजाँच गर्दा ३ सय ९७ वटा ई–रिक्सा कारबाहीमा परेका थिए । कारबाहीमा परेका ई–रिक्सालाई नगरपालिकाले आफनो नियन्त्रणमा राखेको छ । तर नगरपालिकाले कागजाता लिएर आएका ई–रिक्सा चालकलाई पहिलो पटक भन्दैं फिर्ता दिने गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले बुधबार सम्म नियन्त्रणमा लिएका मध्ये २ सय १ ई–रिक्सा फिर्ता गरेको छ ।
आवश्यक कागजात लिएर आएपछि फिर्ता गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको नियन्त्रणमा अझै १ सय ९६ ई–रिक्सा रहेका छन् ।
अस्थायी सवारी चालक अनुमति पत्र, रातो नम्बर प्लेट भएका र दर्ता बिना चलेका ई–रिक्सालाई मंसिर १९ गते देखि कारबाही गर्न सुरु गरिएको थियो । पहिलो दिन १ सय ३३ ई–रिक्सा कारबाहीमा परेका थिए ।
यातायात कार्यालयमा दर्ता नभएर चलाईरहेका रातो नम्बर प्लेटका ई–रिक्सालाई नियन्त्रणमा लिन थालेपछि चालकहरुले नेपालगन्ज उप–महानगरपालिकाको गेट अगाडी बिरोध प्रदर्शन समेत गरेका थिए ।
उक्त बिरोध पछि नगरपालिकाले कागजात भएका ई–रिक्सालाई छोडने निर्णय गरेको थियो । नेपालगन्जमा अनियन्त्रित रुपमा ई–रिक्साको संख्या बढदैं गएको छ । जसका कारण पछिल्लो समय नगरमा सवारी दुर्घटनाको संख्या बढदै क्रममा छ । ई–रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा समेत जनचेतना नहुँदा नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन चुनौति बन्दै छ ।
ई–रिक्सा व्यवस्थापनको समस्या बढदै गएपछि नेपालगन्ज उप–महानगरपालिकाले कार्यविधि नै बनाएर काम गरिरहेको छ । सुरुआतमा सचेत गराउदैं आएको नगरले पछिल्लो समय कानुन विपरित चलिरहेका ई–रिक्सालाई कारबाही गर्ने रणनितिमा काम गरिरहेको छ ।