राईडिङ कल्चर बढाउँदैं रोयल एनफिल्डको विन्टर राईड
Saturday, December 16th, 2023, 6:28 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, ३० मंसिर
रोयल एनफिल्ड बाईकको नेपालगन्जमा पहिलो पटक ‘विन्टर राईड’ सम्पन्न भएको छ । नेपालगन्ज राझाँ स्थित रोयल एनफिल्ड बाईकको आधिकारिक विक्रेता वेष्टण्ड नेपाल प्रालिले राईड गरेको थियो । जसमा २५ जना राईडरहरुले सहभागिता जनाएका थिए ।
राझा स्थित सोरुमबाट सुरु भएको राईडिङ कोहलपुर, बाँसगढी, खजुरा हुँदैं नेपालगन्ज आएर सम्पन्न भएको थियो ।
पश्चिम नेपालमा रोयल एनफिल्ड बाईकको ‘राईडिङ कल्चर’ विकास गर्न विन्टर राईड गरिएको आयोजकले जनाएको छ । करिब ७२ किलोमिटरको दुरी यात्रा गर्दै राइडरहरुले नेपालगन्जमा नयाँ संस्कृतिको विकास गर्ने प्रयास गरेका थिए ।
वेष्टण्ड नेपाल प्रालिका कार्यकारी निर्देशक सामथ्र्य सिंहले पश्चिम नेपालमा राईड कल्चर विकास गर्नमा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।
उनले भने,‘आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने छौं । यो पहिलो पटक हो । आगामी दिनमा यसलाई व्यवस्थित गरी थप आर्कषक बनाउनेछौं ।’
राईडिङमा सहभागिहरुलाई कार्यक्रमको अन्त्यमा वेष्टण्ड नेपाल प्रालिका कार्यकारी निर्देशक सामथ्र्य सिंहले खादा लगाएर सम्मान गरेका थिए ।
……….
…………
………..
…………….