नागरिक बचतको १५औं साधारण सभा सम्पन्न
Saturday, December 16th, 2023, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० मंसिर
नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७९–०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बराबारको कुल बचत संकलन गरेको सार्वजनिक गरिएको थियो ।
तरलता व्यवस्थापनलाई उचित व्यवस्थापन गरी १५ करोड २५ लाख ३१ हजार ६ सय ६० रुपैयाँ ४० पैसा गरी सदस्यहरुलाई फिर्ता गर्दा कुल बचत निक्षेपमा ३३ करोड २३ लाख ३ हजार ३ सय १६ रुपैया ११ पैसा कायम रहेको सहकारी सचिव हिरेन्द्र बहादुर खड्काले बताए ।
जसमा शेयर पुँजी १० करोड २ लाख ७ हजार ९ सय गदैं मुनाफा कर ६७ लाख ७ हजार ६ सय रुपैया ५३ पैसा गर्न सफल भएको संस्थाका कोषाध्यक्ष रबिन्द्र कुमार अर्यालले बताए ।
‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने मुल नाराका साथ साधारण सभा गरिएको थियो । साधारणसभाको प्रमुख अतिथि नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका कार्यालयका प्रमुख छत्र प्रसाद धमलाले मैनबत्ती बलाएर उद्वघाटन गरेका थिए ।
बाँकेमा नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ठ काम गरी सहकारी क्षेत्रमा सकारात्मक सन्देश दिइरहेको प्रमुख अतिथी धमलाले बताए ।
सहकारीमा सवै आवद्ध भएर यसलाई लुम्बिनी प्रदेशकै उकृष्ट सहकारी बनाउने तर्फ लाग्नु पर्ने धमलाले सुझाव दिए ।
साधारण सभामा बरिष्ठ सल्लाहकार पुष्कर बहादुर खड्काले सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको बताए ।
सहकारीका अध्यक्ष जयलाल पराजुलीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन समारोहमा सल्लाहकार रमनाथ ढकाल, विष्णु बहादुर बोगटी, लेखा समिति संयोजक उपाध्यक्ष जंग बहादुर विष्ट, कोषाध्यक्ष रबिन्द्र कुमार अर्याल, शान्ति सिंह ठकुरी, सञ्चालक सदस्य रमेश कुमार मिश्र, सञ्चालक सदस्य निमा खत्री गुरुङ्ग, लेखा समिति सदस्य दिल बहादुर थापा, लेखा समिति सदस्य पदमा चन्द शाही, ऋण सदस्य दयाराम ढकाल, ऋण उप समिति सदस्य धालेन्द्र कुमार चौधरीको उपस्थिती रहेको व्यवस्थापक गोपाल बहादुर थापाले जानकारी दिए ।