लुम्बिनी प्रदेशको १२ जिल्लामा महिला उद्यमी महासंघ
Monday, December 18th, 2023, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ पुष
महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्दै आएको महिला उद्यमी महासंघ लुम्बिनी प्रदेशको १२ जिल्लामा संघ विस्तार भएको छ ।
प्रदेश संरचना अनुसार आफनो संघ विस्तार गर्दै आएको महासंघको लुम्बिनी प्रदेशले आफना सबै जिल्लामा शाखा विस्तार गर्ने पहिलो प्रदेश बनेको छ ।
महिला उद्यमी महासंघको कार्यकारी सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माका अनुसार नवलपरासीमा संघ विस्तार भएपछि प्रदेशका सबै जिल्लामा महिला उद्यमी संघ नेपालको जिल्ला शाखा गठन भएको छ ।
यसअघि लुम्बिनी प्रदेशका ९ जिल्लामा महासंघको शाखा गठन भएको थियो । त्यसपछि पुर्वी रुकुम, रोल्पा र नवलपरासी गठन भएपछि लुम्बिनी प्रदेशका १२ जिल्लामा महासंघको शाखा विस्तार भएको हो ।
आफनो कार्यकालमा महासंघको शाखालाई १२ जिल्लामा विस्तार गर्नु महत्वपुर्ण उपलब्धी भएको बताउँदै शर्माले अब प्रदेशभरका महिला उद्यमीको विकासको लागि काम गर्ने बताईन् । शर्माले लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी लिएपछि महिला उद्यमी महासंघ नेपाल लुम्बिनीले प्रदेशमा पनि विभिन्न गतिविधि गर्दै आएको छ ।
महासंघले गएको मंसिरमा बर्दियाको राजापुरमा १५ जना महिला उद्यमीलाई होमस्टे संचालन सम्बन्धी तालिम दिएको थियो । यसैगरी पाल्पा र बाँकेमा हुने प्रदेश स्तरीय प्रदर्शनीमा सहयोग गरिरहेको शर्माले बताईन् ।