ठकुरीको अध्यक्षतामा ई–रिक्सा व्यवसायी संघ गठन
Wednesday, December 20th, 2023, 7:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ पुष
कुमार सिंह ठकुरीको अध्यक्षमा ई–रिक्सा व्यवसायी संघ गठन गरिएको छ । बुधबार ई–रिक्सा व्यवसायी तथा चालकहरुको भेलाले ठकुरीको अध्यक्षतामा १७ सदस्यीय ई–रिक्सा व्यवसायी संघ गठन गरेको हो । जसको उपाध्यक्षमा तिर्थराम वर्मा, धिरज प्रताव सिंह, सचिवमा गणेश भुषाल, कोषाध्यक्षमा नरेन्द्र बहादुर चन्द, सह–सचिवमा गोमा पुलामी रहेकी छिन् ।
संघको सदस्यहरुमा पुष्पराज सोप, गीता पुन, मेराज कवडिया, जंगवीर नेपाली, मकसुद जसगद, पाटेश्वर लोहार, जाकिर हुसेन दर्जी, रामचन्द्र चौधरी, साहदत अली शाह र मुवारक अलि शाह रहेका छन् । संघको सल्लाहाकारमा एजाज अली जोलाह रहेका छन् । बाँकेमा क्रियाशिल रहेका ई–रिक्सासँग सम्बन्धित तिन समितिहरुका सदस्यहरुको सहभागितामा संघ गठन गरिएको हो ।
भेलामा नेपाल ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालि, राप्तीसोनारी दर्शन यातायात प्रालि र माँ वागेश्वरी ई–रिक्सा व्यवस्थापन प्रालिको सहकार्यमा संघ गठन गरिएको हो । नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन चुनौति बनिरहेको बेला ई–रिक्सा व्यवसायी संघ गठन गरिएको छ ।
संघले आगामी दिनमा ई–रिक्सा व्यवस्थापनको क्षेत्रमा सक्रिय भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष कुमार सिंह ठकरीले बताए । उनले भने,‘निम्म आय भएका मानिसहरुका लागि ई–रिक्सा राम्रो आम्दानी गर्ने माध्यम बनेको छ । यसको सही व्यवस्थापन गर्न जरुरी छ ।
ई–रिक्सा चालकहरुको हकहितको सुरक्षा गर्दै व्यवसायिक रुपमा यसको व्यवस्थापनमा हामी काम गछौं । यसमा सबै सरोकारवाला निकायको सहयोग रहने हामीले विश्वास लिएका छौं ।’