छैठौं नेपालगन्ज महोत्सव सुरु
Thursday, December 21st, 2023, 8:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ पुष
छैठौं नेपालगन्ज महोत्सब–२०८० बिहिबार देखि सुरु भएको छ । कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिबन काटेर महोत्सबको उद्घाटन गरे । उद्घाटन सत्रमा बोल्दै कृषि मन्त्री अहिरले कृषि प्रधान देशमा कृषकलाई बढि प्राथमिकताका साथ लैजाने कुरामा जोड दिए ।
असल देशका व्यक्ति सधै असल बाटो हिड्नु पर्ने कुरामा सधै अग्रसर भएर लाग्नुपर्ने उनले बताए । जनताले नेताहरुसँग हिसाबकिताब माग्न जरुरी छ भन्दै अहिले नेताहरुले गरेको आर्जन र जोडिएको सम्पत्तिको छानविन जनताले नै गर्न आवश्यक रहेको कृषि मन्त्री अहिरले बताए ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै महोत्सवमा शुक्रवार चर्चित गायिका एलिना चौहानले आफ्नो प्रस्तुती दिनेछिन् । यसका साथै स्थानिय सोनी डान्स ग्रुपको समेत बेजोड प्रस्तुती रहने बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराए ।
यस्तै महोत्सवमा हरेक दिन डान्स आइडल प्रतियोगिताको पहिलो छनोट राउण्डमा ३६ जना प्रतिस्पर्धी छनोट भएको बरिष्ठ नृत्य निर्देशक शाहीले बताए । डान्स आइडलमा पहिलो हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार, तेश्रो हुनेले १० हजार र चौथो हुनेले ५ हजार नगद सहित प्रमाणपत्र पाउने नृत्य निर्देशक शाहीले बताए ।
महोत्सवको उद्घाटनमा विभिन्न विद्यालय तथा समुदायका झाँकी सहितको ¥याली नेपालगन्जको धम्बोझी चोकदेखि निस्केको थियो । ¥याली पुष्पलाल चोक, कारकाँदो हुँदै महोत्सव स्थलमा पुगेका थियो । जसमा उत्कृष्ट ३ विद्यालयको ¥यालीलाई आयोजकले पुरस्कृत गरेको छ । उत्कृष्ट ¥याली प्रर्दशन गरेको मंगलप्रसाद मावि नेपालगन्ज प्रथम, दोश्रोमा फ्लोरिड सेकेन्डरी स्कुल कम्दी र तेश्रोमा न्यु ग्यालेक्सी स्कुललाई क्रमश ८ हजार, ६ हजार र ४ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । एजि सर्भिस प्रालिद्धारा आयोजित नेपालगन्ज महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको आयोजकले जानकारी गराएको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन नेपाल र भारत हरियाणाका चर्चित चर्चित कुस्ती खेलाडीको प्रतियोगिता पनि आयोजना गरिने आयोजकले जनाएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा विभिन्न खाले मनोरञ्जनात्मक कार्यक्रमका साथ साथै हरेक दिन डान्स प्रतियोगिता समेत रहने एजी सर्भिस प्रालिका अध्यक्ष तथा महोत्सबका संयोजक नन्दु बुढाले जानकारी दिए ।
‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना भएको महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा यही पुष ५ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सव स्थलमा २ सय बढि कृषि तथा व्यापारीक स्टलहरु रहेका छन् । महोत्सव अवलोकनको समय विहान १० बजे देखी साँझ ७ बजेसम्म निर्धारण गरिएको छ ।