प्रशान्त श्रेष्ठको अध्यक्षतामा बाँके जिल्ला टेबल टेनिस संघ गठन
Monday, December 25th, 2023, 8:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ पुष
बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ पुनः निर्बाचित भएका छन् । सोमवार नेपालगन्जस्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न संघको साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्बिरोध चयन भएको हो । कार्यसमितीको उपाध्यक्षमा अरुण बिक्रम शाह र गौतम सिंह परियार रहेका छन् । त्यसैगरी सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन भएका छन् ।
संघको सदस्यमा बिकास बहादुर सिंह, बिकास राजभण्डारी, पुर्ण कुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहेका छन् । संघको आजै बसेको पहिलो बैठकले धन्यवादज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ । आगामी पुस १५ गते हुने संघको प्रदेश अधिबेशनको लागि प्रशान्त श्रेष्ठ, बिकास बहादुर सिंह र अरुण बिक्रम शाहलाई प्रतिनिधि चयन गरिएको छ भने सल्लाहकारमा सुभाष सिंह श्रेष्ठ र जितेन्द्र बहादुर हमाललाई मनोनित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यसैगरी संघको बाँकी रहेको दुईजना सदस्य जिल्ला खेलकुद बिकास समिती बाँकेले मनोनयन गर्नेछ ।
यसअघि श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवम ओलम्पियन सुरेन्द्र बहादुर हमालले दीप प्रज्वलन गरि साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद बिकास समितीका सदस्य रन्जित सिंह सिजापती, बुद्धिचाल महासंघका केन्द्रिय सदस्य प्रतिमा महत लगायतले शुभकामना मन्तब्य राखेका थिए ।