पुर्व डिआइजी महेश बिक्रम शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर
Thursday, December 28th, 2023, 3:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ पुष
नेपाली प्रहरीका पुर्व उच्च अधिकारी सहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । पूर्वडिआइजी शाहसँगै पूर्व सई दिपेन्द्रप्रसाद पनेरूलाई पनि इजलासले दोषी ठहर गरेको छ ।
२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरेको थियो । उनीहरू तालिम केन्द्र दुधौलीमा कार्यरत हुँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्व सई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो ।
ऐरी र विशुंखेले सफाइ पाएका छन् । इजलासले उनीहरूबारे आदेश जारी गरे पनि सजायका लागि फेरि पेश गर्न भनिएको छ । सजाय निर्धारणको लागि पुस २५ गतेका लागि तोकिएको छ ।